
सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा
सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३
मितिः २०८३/०१/३१
सूचना
नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय तथा संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो प्रमुख अभिभारा बमोजिम नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण सहित पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा संवत् ३०८३ साल असार ३, ४ र ५ गतेसम्म सञ्चालन हुनेगरी “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” को आयोजना गर्ने भएकाले इच्छुक कलाकारहरूले देहाय बमोजिमको मापदण्ड अनुसार मिति २०८३ जेठ १५ गतेभित्र आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
मापदण्डहरूः–
१.कुनैपनि प्रतियोगितामा प्रथम वा द्धितिय वा तृतीय स्थान हासिल गरेको प्रमाण पत्र प्रदान गरिएका प्रतियोगीले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
२.एउटा समूहमा १ जना पुरुष कलाकार र १ जना महिला कलाकार हुनुपर्ने छ । सहयोगी कलाकारको व्यवस्था आयोजकले गर्नेछ ।
३.प्रतियोगीले नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि सहित २/२ प्रति पासफोर्ट साइजको फोटो आवेदन फारामको साथमा पेश गर्नु पर्नेछ ।
४.प्रतियोगीले सांस्कृतिक संस्थानले उपलब्ध गराएको नयाँ भाकामा दोहोरी गीत प्रस्तुत गर्नु पर्नेछ ।
५.प्रतियोगीले मिति २०८३ जेठ १५ गते साँझ ५ बजेसम्म सांस्कृतिक संस्थानको कार्यालय जमल काठमाडौँमा वा संस्थानको आधिकारिक वेबसाइट www.sanskritiksansthan.gov.np लगइन गरी अनलाइनबाट समेत आवेदन दिने प्रबन्ध गरिएको छ ।
६.प्रतियोगीले आवेदन फारामको साथमा सांस्कृतिक संस्थानको नाममा रहेको एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर (१०२००१०५२०००१३) मा आवेदन शुल्क रु.१,०००/– (अक्षरेपि एक हजार रुपैयाँ) भुक्तानी गरिएको भौचर आवेदन फारामको साथमा पेश गर्नु पर्नेछ ।
७. पुरस्कार सम्बन्धी व्यवस्थाः
क) विजेताः रु.२,००,०००/– (अक्षरेपि दुई लाख)
ख) उपविजेताः रु.१,००,०००/– (अक्षरेपि एक लाख)
ग) सर्वोत्कृष्ट गायकः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
घ) सर्वोत्कृष्ट गायिकाः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
ङ) सर्वोत्कृष्ट भेषूषा तथा आभूषणः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
च) सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण रु.२५,०००/–(अक्षरेपि पच्चीस हजार)
साथमा, प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिनेछ । साथै सांस्कृतिक संस्थानको सर्वाधिकार रहनेगरी संस्थानकै रेकर्डिङ स्टुडियोमा विजेता तथा उपविजेतालाई १÷१ वटा लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने व्यवस्था, विजेता, उपविजेता तथा सर्वोत्कृष्ट विधाका कलाकारहरूलाई संस्थानको ६ महिने कला प्रशिक्षण अन्तर्गत गायन विधामा सहभागी हुने अवसर प्रदान गरिनेछ ।
सम्पर्कः
सांस्कृतिक संस्थान, जमल, काठमाडौँ ।
मोवाइलः ९८५१०८४५०१, ९८६२१२०३८५
फोनः ०१–५३२११९४
इमेलः sanskritiksansthan@nepal.gov.np
तपसिलः
मितिः २०८३ साल असार ३, ४ र ५ गते ।
समयः हरेक दिन बिहान १० बजे ।
स्थानः सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मेगा हल, जमल, काठमाडौँ ।
आयोजकः सांस्कृतिक संस्थान ।
निर्णायकः श्री दुर्गा रायमाझी, श्री चन्द्र शर्मा, श्री राधिका हमाल, श्री सीता थापा, श्री कृष्ण रेउले, श्री दिपक खड्का र श्री सुवास केसी
उद्घोषणः श्री बद्री पंगेनी र श्री मञ्जु पौडेल
विशेष प्रस्तुतिः श्री राजु परियार, श्री राजु ढकाल र श्री देवी घर्ती
समुद्घाटन समारोह प्रमुख अतिथिः श्री नारायण रायमाझी