सांस्कृतिक संस्थानमा रक्तदान

सांस्कृतिक संस्थानमा रक्तदान


सांस्कृतिक संस्थानको ५१औं वार्षिकोत्सवको अवसर पारेर जेठ ३१ गते संस्थानको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

7.jpg

सो क्रममा संस्थानका कलाकार, कर्मचारी, नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी तथा अन्यसमेत गरी २९ जनाले रक्तदान गरेका छन् । संस्थानका महाप्रबन्धक अशोककुमार राईले रक्तदान गरी सुरु भएको रक्तदान कार्यक्रममा सांस्कृतिक संस्थानका पवित्रा पंगेनी, रेखा कटुवाल श्रेष्ठ, मिलन नेपाली, विवेक तामाङ, रोहित सुवेदी, तीर्थराज पोखरेल, प्रेमध्वज जीसी, चक्रबहादुर श्रेष्ठ, पार्वती ज्ञवालीले रक्तदान गर्नुभएको थियो ।

2.jpg

 

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणबाट रक्तदान गर्नेहरूमा प्रकाश श्रेष्ठ, झलक थापामगर, एकराज तिवारी, सन्दीप अधिकारी, सुनील खतिवडा, राजेन्द्र थापा, दिनेश मैनाली, ललितकला थापा हुनुहुन्थ्यो ।

3.jpg

त्यसैगरी कपिराइट संस्थामा कार्यरत नरोत्तम घिमिरे, व्यवसायी विष्णुप्रसाद उप्रेती, खोटाङका मुकेश राई, युवा स्वरोजगार कोषका देवराज रोकाय, एभरेस्ट बैंक लिमिटेड जमलका सन्तोष सिग्देल, त्रिपुरेश्वर काठमाडौंका सिद्धार्थ सिलवाल, बुद्धनगर काठमाडौंका राकेशविलाश श्रेष्ठ, डेलिसियस मम सेन्टरमा कार्यरत विनोद घलान, सुजन तामाङ, रामेछापका विशाल तामाङले पनि रक्तदान गर्नुभएको थियो । रक्तदाताहरूलाई संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रमाणपत्र प्रदान गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो ।

9.jpg

4.jpg

 

5.jpg

8.jpg

6.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij