सांस्कृतिक संस्थानको गठन आदेश : नेपाल राजपत्रमा प्रकाशित सामग्री

सांस्कृतिक संस्थानको गठन आदेश : नेपाल राजपत्रमा प्रकाशित सामग्री


 

सांस्कृतिक संस्थानको गठन आदेश : नेपाल राजपत्रमा प्रकाशित सामग्री 

 

सांस्कृतिक संस्थानको स्थापना र गठन सञ्चार संस्थान ऐन, २०२८ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी वि.सं २०२९ साल असार ५ गते भएकोले हरेक वर्ष यसै समयलाई वार्षिकोत्सव मानिन्छ । सञ्चालक समिति देहाय बमोजिम हुने व्यवस्था रहेको छ :–
     (क) अध्यक्ष :           नेपाल सरकारबाट नियुक्त
     (ख) महाप्रबन्धक :    नेपाल सरकारबाट नियुक्त
     (ग) सदस्य :             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रतिनिधि (उपसचिव)
     (घ) सदस्य :            अर्थ मन्त्रालय प्रतिनिधि (उपसचिव)
     (ङ) सदस्य :            नेपाल सरकारबाट नियुक्त

sansthan gathan aadesh 1.jpg

सांस्कृतिक संस्थानको प्रमुख उद्देश्य:-
लोकसंस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तारणका लागि सांस्कृतिक नवजागरण गराउने तथा राष्ट्रको पहिचानयुक्त लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्‍जन उपलब्ध गराउनु संस्थानको प्रमुख उद्देश्य रहेको छ ।

Gathan Aadesh 2.jpg

सांस्कृतिक संस्थानको काम, कर्तव्य र अधिकार:-
देहाय बमोजिम संस्थानका काम, कर्तव्य र अधिकार रहेका छन्:–
(क) राष्ट्रियपन भएको लोकसांस्कृतिक कार्यक्रम तयार गरी त्यसको सजीव प्रदर्शनद्वारा जनसाधारणको लागि स्वस्थ मनोरञ्जन उपलब्ध गराउने ।
(ख) नेपालको गौरवशाली संस्कृति र कलात्मक परम्पराको निर्वाह र विकास गर्ने तथा जनताको बौद्धिक आवश्यकता र स्वस्थ मनोरञ्जनको चाहना पूर्ति गर्ने खालको लोकसांस्कृतिक कार्यक्रम तयार गरी नेपाल सरकारको महत्वपूर्ण सभा, कार्यक्रम, पर्व, समारोहमा प्रदर्शन गर्ने ।
(ग) सांस्कृतिक कार्यक्रमको योजना, निर्माण र प्रदर्शनमा व्यावसायिक दृष्टिकोण अपनाउने ।
(घ) सांस्कृतिक कार्यक्रमको लागि पटकथा, र¨मञ्च, कलाकार आदिको व्यवस्था गर्ने ।
(ङ) नेपालको मौलिक लोकसंस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका विविध नीति तथा कार्यक्रम तय गर्ने ।
(च) जागरण कार्यक्रम मार्फत सामाजिक तथा सांस्कृतिक रुपान्तरण सहित नयाँ संस्कृति  निर्माणमा जोड        दिने ।
(छ) देशभरका लोकसंस्कृतिकर्मी एवम् लोककलाकारलाई चलायमान बनाउने ।
(ज) लोकगायन, लोकवादन, लोकनृत्य तथा लोकनाट्य अभिनय लगायतका विभिन्न विधामा प्रशिक्षण    दिने ।
(झ) लोकसंस्कृतिको खोज, अनुसन्धान, संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवम् दस्तावेजीकरण गर्ने तथा प्रदर्शनी    गर्ने ।
(ञ) नेपाली लोकसंस्कृतिको जगेर्ना गर्दै नेपालको पहिचान तथा अस्तित्वको रक्षा गर्ने ।
(ट) नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकसँग संस्कृति आदानप्रदान कार्यक्रम गर्ने ।
(ठ) लोकगीत, लोकवाद्य, लोकनृत्य र लोकनाटकको विकास गर्न प्रस्तुतिका माध्यमद्वारा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र नेपाल र नेपालीहरुका बीचमा संस्कृतिको माध्यमबाट सद्‍भाव, एकता, राष्ट्रियता, समानता तथा समावेशीताको भावना विकास गर्ने ।
(ड) संस्कृतिलाई उत्पादनतर्फ जोड दिई सांस्कृतिक पर्यटन एवम् सांस्कृतिक उद्योगको रूपमा विकास गरी आर्थिक समृद्धिको मार्ग तय गर्ने ।
(ढ) सभ्य समाज निर्माणका लागि सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लोक संस्कृति, परम्परागत संस्कृति, जागरण संस्कृति, श्रम संस्कृति, प्रगतिशील संस्कृति जस्ता संस्कृतिको अस्तित्वलाई अङ्गीकार गर्दै नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म अनुसारको नयाँ संस्कृति निर्माण गर्ने ।
(ण) डिजिटल युगसँगै लोकगीत, लोकवाद्य, लोकनृत्य, लोकनाटक र समग्र लोकसंस्कृतिमा देखिएको विकृति, विसङ्गतिले नेपालको पहिचान र अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकाले त्यसको रोकथाम गर्न प्रचलित कानुन अनुसार कामकारबाही गनुका साथै सरोकारवाला संघसंस्था एवम् निकायलाई नियमन तथा अनुगमन गर्ने ।
(त) विभिन्न जातिको पहिचानयुक्त अमूर्त/अभौतिक लोकसंस्कृतिको खोज–अनुसन्धान गरी दस्तावेजीकरण गर्नुका साथै विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि पहल गर्ने ।
(थ) नेपाली संस्कृतिमा योगदान पुर्याउने संस्कृतिविद्, कलाकार, साहित्यकार एवम् समग्र श्रष्टालाई राष्ट्रिय सम्मानका कार्यक्रम गर्ने ।
(द) कलाकार प्रमाणीकरण सम्बन्धी कार्य गर्ने ।
(ध) गायन, वादन, नृत्य, नाटक तथा समग्र संस्कृति सम्बन्धी प्रतियोगितात्मक कार्यक्रम गर्ने ।                 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij