हार्दिक अपिल : सांस्कृतिक संस्थान

हार्दिक अपिल : सांस्कृतिक संस्थान


   मिति : २०८२/०१/०५

हार्दिक अपिल

 


नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानमा कार्यरत नेतृत्व तथा कर्मचारीहरूको काम, कर्तव्य र जिम्मेवारी राष्ट्रको अस्तित्वसँग जोडिएको संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि सिर्जनशील कला (शब्द रचना, सङ्गीत रचना, कथा लेखन, गायन, वादन, नृत्य, नाट्य अभिनय, कोरियोग्राफर, निर्देशन आदि) सम्बन्धी कार्य गर्नु, गराउनु प्रमुख अभिभारा हुने भएकाले वि.सं.२०१६ साल राष्ट्रिय नाचघरदेखि नाम परिमार्जन सहित हाल सांस्कृतिक संस्थानसम्म तथा आगामी दिनहरूमा समेत संस्थानमा कार्यरत रहँदासम्म संस्थानको नीति तथा कार्यक्रम अन्तर्गत रही नेतृत्व तथा कर्मचारीहरूद्वारा गरिएका सिर्जनशील क्रियाकलापहरूमा आजीवन सर्वाधिकार नेपाल सरकारको नाममा हुने व्यवस्था भएको, प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा (४०) को उपदफा (१) मा नेपाल सरकारको सर्वाधिकार सम्बन्धी स्पष्ट व्यवस्था भएको र सांस्कृतिक संस्थान सञ्चालक समितिबाट समेत सो व्यवस्था कायम गरी लागू गरिएकाले संस्थानका सम्पूर्ण सांस्कृतिक सम्पत्ति संरक्षणका लागि पछिल्लो समय संस्थान प्रतिबद्ध भएको छ । संस्थानले नेपाल सरकारको सांस्कृतिक सम्पत्ति संरक्षण गर्न सिर्जनशील कला मार्फत राष्ट्रलाई योगदान दिनुहुने सम्बन्धित स्रष्टाहरूद्वारा सिर्जित कृतिहरूको खोज तथा अनुसन्धान कार्य तीव्र बनाएको व्यहोरा सबैमा अनुरोध छ । 

नेपाल सरकारको सांस्कृतिक सम्पत्तिको रक्षा गर्नु सांस्कृतिक संस्थानको जिम्मेवारी भएकाले वि.सं.२०१६ साल राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका सांस्कृतिक सम्पत्ति (लोकगीत, लोकधून, लोकनृत्य, लाकनाटक, गीति नाटक, डकुमेन्ट्री, टेलिफिल्म, फिल्म, कार्यक्रमका श्रव्यदृश्य आदि) का श्रव्यदृश्य सामग्रीहरू दुरुपयोग गर्न, गराउन प्रचलित कानून बमोजिम मनाही गरिएको, यदि कहिँकतै दुरुपयोग भएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने भएकाले संस्थानका उल्लेखित सांस्कृतिक सम्पत्तिहरू संस्थानको कार्यालयमा यथाशीघ्र बुझाइदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं । साथै सिर्जनशील कला र सिर्जनशील राष्ट्रिय व्यक्तित्वलाई युगौंयुग बचाउन गरिएको नेपाल सरकारको सजीव संस्कृति प्रदर्शनी सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको महाअभियानमा साथ दिनुहुन समेत सम्पूर्णमा हार्दिक अपिल गर्दछौं । 

 

Apil.png
   किरण बाबु पुन
महाप्रबन्धक

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij