Welcome to new board member

नवनियुक्त समिति सदस्यलाई स्वागत गर्दै : सांस्कृतिक संस्थान

नवनियुक्त समिति सदस्यलाई स्वागत गर्दै : सांस्कृतिक संस्थान


नवनियुक्त समिति सदस्यलाई स्वागत गर्दै : सांस्कृतिक संस्थान 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि स्वरूप मिति २०८१/१२/२० को सचिवस्तरीय निर्णयानुसार सांस्कृतिक संस्थान सञ्चालक समितिमा नियुक्त हुनुभएको सदस्य उपसचिव श्री निर्मला न्यौपानेज्यूलाई सफल कार्यकालको शुभकामना सहित सांस्कृतिक संस्थानद्वारा स्वागत गरिएको छ ।

IMG_4636.jpg

सांस्कृतिक संस्थानको २०८१/०१/१७ को सञ्चालक समितिको बैठकमा संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवाली ज्यू, महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, सदस्य श्री पूजा श्रेष्ठ ज्यू, हल शाखा संयोजक श्री पार्वती ज्ञवाली ज्यू, लेखा शाखा संयोजक श्री प्रेमध्वज जिसी ज्यू र प्रशासन शाखामा कार्यरत श्री विना पोखरेलज्यूले नवनियुक्त समिति सदस्यलाई स्वागत तथा सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभएको छ ।

IMG_4642.jpg

नवनियुक्त समिति सदस्य श्री निर्मला न्यौपाने ज्यू नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखामा कार्यरत हुनुहुन्छ । स्वागत तथा शुभकामना कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको हित, सुशासन र समृद्धि सम्बन्धी नीति तथा कार्यक्रम परिणाममुखी ढंगले सम्पन्न हुनका निम्ति नवनियुक्त सदस्यज्यूको विशेष पहल रहने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना सहित स्वागत गर्नुभएको छ ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij