सांस्कृतिक संस्थानको सात प्रदेशको यात्रा : पोखरामा कार्यक्रम सम्पन्न

सांस्कृतिक संस्थानको सात प्रदेशको यात्रा : पोखरामा कार्यक्रम सम्पन्न


सांस्कृतिक संस्थानको सात प्रदेशको यात्रा : पोखरामा कार्यक्रम सम्पन्न


संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा सात प्रदेशका प्रदेश, स्थानीय सरकार र सरकारी एवम् गैरसरकारी विभिन्न संघसंस्थासँगको समन्वयमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवद्र्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत ऐतिहासिक गीति नाटक मुनामदन र घटना दर्ता विशेष सचेतना नाटक सहित नेपाली संस्कृतिको प्रवद्र्धनका लागि जागरणमूलक सांस्कृतिक कार्यक्रम “नेपाली संस्कृति” लिएर सांस्कृतिक संस्थान हाल सात प्रदेशको यात्रामा रहेको छ । यसै क्रममा गण्डकी प्रदेशका लागि पोखरास्थित होटल उत्सव हिमालयको हलमा मिति २०८२ वैशाख २७ गते शनिबारका दिन कार्यक्रम “नेपाली संस्कृति” सम्पन्न भएको छ । उक्त कार्यक्रममा समग्र नेपाली संस्कृति बोकेको ऐतिहासिक गीति नाटक मुनामदन, सचेतनमूलक नाटक व्यक्तिगत घटना दर्ताका अलावा मौलिक बनगारी टप्पा नृत्य र झ्याउरे नृत्य समेत प्रदर्शन गरिएको थियो ।

329A9989.JPG

329A9981.JPG

329A9887.JPG


संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूको सभाध्यक्षता, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक श्री युवराज कट्टेलज्यूको प्रमुख आतिथ्यता, विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीज्यूहरू, विभागका निर्देशक श्री मुकेश कुमार केशरी ज्यू, जिल्ला समन्वय समितिका पदाधिकारीज्यूहरू, स्थानिय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू तथा कर्मचारीहरू, स्थानीय निकायका पञ्जीकरण शाखा प्रमुखहरू, वडा सचिवहरू लगायतकाको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा पञ्जीकरण विभागका निर्देशक श्री मुकेश कुमार केशरीज्यूले स्वागत मन्तव्य रहेको थियो भने प्रमुख अतिथि महानिर्देशक श्री युवराज कट्टेलज्यूले संस्थान र विभागको सहकार्यलाई थप मजबूत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्घोषण संस्थानका कलाकार सेवामा कार्यरत कर्मचारी श्री रोहित सुवेदीज्यूले गर्नु भएको थियो । 

329A9945.JPG

329A9947.JPG

329A9792.JPG

कार्यक्रम “नेपाली संस्कृति” लाई नयाँ वर्ष २०८२ सालको अवसरमा वैशाख १ गते “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट समुद्घाटन गरी सात प्रदेशको यात्रा गरिएको छ । युवालाई विदेशभन्दा स्वदेशप्रतिको मोह बढाउने सन्देश सम्प्रेषण गर्न वर्तमान नेपालको परिवेश प्रतिविम्बित महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्यमा आधारित ‘गीति नाटक मुनामदन’, नेपाली समाजमा विद्यमान व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतनामूलक नाटक, नेपालको पहिचानयुक्त लोकगीत, लोकनृत्य तथा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृति समेत समेटिने गरी नवजागरणमूलक एवम् सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम “नेपाली संस्कृति” लाई सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा वैशाख ५ गतेदेखि प्रारम्भ गरिएको सात प्रदेशको यात्रा अन्य ६ वटा प्रदेशमा सफलतापूर्वक प्रदर्शन गरिसकिएको छ भने गण्डकी प्रदेशको पोखरामा प्रदर्शनी गरिएको कार्यक्रम सात प्रदेशका लागि अन्तिम कार्यक्रम हो ।

329A9767.JPG

329A9784.JPG

वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न वर्तमान महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको कुशल नेतृत्वमा सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । कार्यक्रम “नेपाली संस्कृति” लाई आगामी दिनमा राष्ट्रिय रूपमा देशैभरीका सम्पूर्ण जिल्ला, विभिन्न स्थानहरू तथा नियमित संस्थानको मेगा प्रेक्षालयमा साथै अन्तर्राष्ट्रियस्तरसम्म पनि प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रम : नेपाली संस्कृति 
आयोजक : सांस्कृतिक संस्थान ।
प्रवर्द्धक : नेपाल पर्यटन बोर्ड ।
सहकार्य : नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ।
विशेष सहयोग : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ।
कलाकारहरू : सांस्कृतिक संस्थानका कलाकारहरू ।

329A9993.JPG

IMG-20250428-WA0024.jpg

329A9956.JPG

329A9922.JPG

329A9859.JPG

329A9814.JPG

329A9758.JPG

329A9978.JPG

329A9949.JPG

329A9861.JPG

329A9836.JPG

329A9805.JPG

329A9766.JPG

 

329A9865.JPG

329A9799.JPG

329A9980.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij