सांस्कृतिक संस्थान पदपूर्ति समिति
सांस्कृतिक संस्थान पदपूर्ति समितिको आ.व.२०८१/८२ को पहिलो बैठक सम्पन्न भएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू तथा कर्मचारीज्यूहरुले पदपूर्ति समितिका सदस्यहरु क्रमशः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव श्री गोकर्ण प्रसाद उपाध्याय ज्यू, लोक सेवा आयोगका उपसचिव श्री चुरामणी मरासिनी ज्यू, मानव संसाधन विज्ञ श्री मनोज जोशीज्यूलाई स्वागत गर्नुभएको छ । वर्षौंदेखि पदपूर्ति सम्बन्धी कार्य नहुँदा संस्थानको हित सहितको कर्मचारीहरुको वृत्ति विकास रोकिएको विषयलाई ध्यानाकर्षण गरी लोक सेवा आयोग र तालुक मन्त्रालयको सल्लाह सुझावलाई मध्यनजर गर्दैै पदपूर्ति समितिले चुस्त, दुरुस्त, पारदर्शी ढंगले कामकारबाही अगाडि बढाउने व्यहोरा महाप्रबन्धकज्यूले जानकारी गराउनु भयो । वर्षौंदेखि वृत्ति विकास नभएर कुण्ठित भएका संस्थानका कर्मचारीहरु वृत्ति विकास हुने आशाले हर्षित भएको पाइएको छ ।