ऐतिहासिक गीतिनाटक मुनामदनका संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक : मोहन कृष्ण कार्की ढली ज्यू सँग शिष्टाचार भेटघाट
महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत ऐतिहासिक गीतिनाटक मुनामदनका संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक श्री मोहन कृष्ण कार्की ढलीज्यूसँग सांस्कृतिक संस्थानद्वारा शिष्टाचारको भेटघाट गरिएको छ । लोकप्रिय खण्डकाव्यलाई गीतिनाटकको रुपमा उत्पादन हुनका निम्ति पहिलोपटक सिर्जनशील कला मार्फत अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरुलाई संस्थानले 'शुभारम्भ सांस्कृतिक साँझ २०८२' मार्फत शिष्टाचारको सम्मान पनि गरेको थियो । गीतिनाटकमा पहिलोपटक योगदान दिनुहुने व्यक्तित्वहरुलाई प्रत्यक्ष सम्मान, दिवंगत भइसक्नु भएकाको तर्फबाट परिवारजनलाई सम्मान र पहिचान गर्न नसकिएको परिवेशमा खोजी कार्य निरन्तर गरिरहेकाले गीतिनाटक मुनामदनका संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक श्री मोहन कृष्ण कार्की ढलीज्यूसँग संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले शिष्टाचारको भेटघाट गर्नुभई आभार प्रकट गर्नुभएको छ । सो भेटघाटमा श्री मोहन कृष्ण ढलीज्यूले पहिलोपटक प्रदर्शन गरिएको गीतिनाटक मुनामदनको ब्रोसर संस्थानका महाप्रबन्धकज्यूलाई हस्तान्तरण गर्नुभएको छ । भेटघाटमा कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठ ज्यू र नृत्य शाखा संयोजक तथा हाल प्रदर्शनमा आएको गीतिनाटक मुनामदनका निर्देशक श्री माया थापा ज्यू सहभागी हुनुहुन्थ्यो ।
ब्रोसर प्राप्त गरेपछि संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको ऐतिहासिक गीतिनाटक मुनामदनको सत्यतथ्य इतिहासका लागि ब्रोसरले टेवा पुर्याएको तर्फ जोड दिँदै गीतिनाटकका संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक श्री मोहन कृष्ण कार्की ढलीज्यूप्रति धन्यवाद सहित आभार प्रकट गर्नुभएको छ । भेटघाटमा संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक श्री मोहन कृष्ण कार्की ढलीज्यूले हालसम्मको इतिहासमा यसरी संस्थानका सांस्कृतिक सम्पत्तिको सत्यतथ्य खोज गर्ने कोही महाप्रबन्धक नभेटेको तर्क गर्दै सिर्जनशील क्रियाकलाप गर्ने श्रमजीवी व्यक्तित्वहरुका सत्यतथ्य जानकारी नयाँ पुस्तामाझ ल्याउने महान् कार्य गरेकोमा महाप्रबन्धकज्यूप्रति हार्दिक आभार सहित खुशी व्यक्त गर्नुभयो । ब्रोसर प्राप्तपछि पहिलोपटक गीतिनाटक मुनामदन उत्पादन, मञ्चन तथा प्रदर्शन हुनुमा सिर्जनशील कला मार्फत योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरुको भूमिका बारे थप पुष्टि भएको छ ।
गीति नाटक : मुनामदन
लेखक : महाकवि लक्ष्मीप्रसाद देवकोटा ।
सङ्गीत : नेपाल कलाभूषण चन्द्रराज शर्मा ।
संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक : मोहन कृष्ण कार्की ढली ।
गायन : स्वरसम्राट नारायण गोपाल, तारादेवी, गणेश रसिक, कमला श्रेष्ठ, मणिक रत्न, इन्द्रनारायण मानन्धर, कमल क्षेत्री, नविन किशोर राई, भुवन चन्द थापा आदि ।
वादन : विश्वनाथ कार्की ढली, प्रेमदेव गिरी, मोहन कृष्ण कार्की ढली, राजभक्त, मदन परियार, नारायणदाश कार्की ढली, विजय सुनाम, शिव शरण दर्नाल, श्याम कुमार शाही समुदा, राम प्रसाद वैजु, कमल कार्की ढली, एकराज राई, होमनाथ उपाध्याय, कृष्ण परियार, धिर्ज लाल कुलु, न्हुछेमान डंगोल, अर्जुन श्रेष्ठ, रामशरण नेपाली, लालबहादुर आदि ।
पहिलो निर्देशन : गोविन्द प्रसाद तिमिल्सिना ।
पहिलो गीति नाट्य कोरियोग्राफर : कोकिल गुरुङ ।
पहिलोपटक अभिनय गर्ने संस्थानका कलाकारहरू : विमला श्रेष्ठ, कोकिल गुरुङ, श्याम प्रजापति, वसुन्धरा भुसाल, कृष्णा प्रधान, सुभद्रा अधिकारी, पुष्पलता तिखत्री, नारायण कृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, आशा रजपूत, टेकराज भारती, वेदकुमार, रामबहादुर, अर्जुन गुरुङ, गोपाल बस्नेत, भरतराज, दिलबहादुर, बालकलाकार :मोहन गुरुङ र कुमारी शान्ता आदि ।
आभूषण तथा मेकअप डिजाइनर : श्री कृष्ण रत्न कंसाकार ।
प्राविधिकहरू : बसन्त केशर,शिव प्रसाद, श्याम मानन्धर, जगत बहादुर ।