युवा तथा खेलकुद मन्त्रालय र सांस्कृतिक संस्थान बीच सम्झौता

युवा तथा खेलकुद मन्त्रालय र सांस्कृतिक संस्थान बीच सम्झौता


युवा तथा खेलकुद मन्त्रालय र सांस्कृतिक संस्थान बीच सम्झौता

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र सांस्कृतिक संस्थान बीच सम्झौता भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आ.व.०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “सांस्कृतिक कार्यक्रमहरुमा युवाहरुको सहभागिता” कार्यक्रमका लागि सम्झौता गरिएको हो । कार्यक्रमको प्रमुख उद्देश्य नेपालको पहिचान नेपाली संस्कृतिमूलक सांस्कृतिक कार्यक्रममा युवाहरूको सहभागिता गराई संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन, पुस्तान्तरण र विकासमा युवाहरूको भूमिका निर्माण गर्ने रहेको छ । 

IMG-20250521-WA0003.jpg
सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र मन्त्रालयका सहसचिव तथा युवा विकास महाशाखा प्रमुख श्री सुवासचन्द्र शिवाकोटीज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 
सो सम्झौता पश्चात् मन्त्रालयका सहसचिव तथा युवा विकास महाशाखा प्रमुख श्री सुवासचन्द्र शिवाकोटीज्यूले सांस्कृतिक संस्थानसँगको सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले युवालाई सिर्जनशील कला मार्फत संस्कृतितर्फ अभिमुखीकरण गरी सांस्कृतिक स्रोतलाई उत्पादनसँग जोड्ने आधार दिशाबोध गर्न सो कार्यक्रमले टेवा पुर्याउने एवम् मन्त्रालयसँगको सहकार्य अक्षुण्ण रूपमा प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

IMG-20250521-WA000 .jpg

सो सम्झौता कार्यक्रममा मन्त्रालयका उपसचिव सुरेन्द्र कुमार बज्राचार्य ज्यू, लेखा अधिकृत श्री पिताम्बर बन्जाडे ज्यू र शाखा अधिकृत श्री किरण चौधरी ज्यूको सहभागिता रहेको थियो भने संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठ ज्यू, लेखा अधिकृत श्री प्रेम ध्वज जिसी ज्यू, कार्यक्रम तथा योजना शाखा उपसंयोजक श्री रोहित सुवेदीज्यूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि नेपाली संस्कृति भित्रको सिर्जनशील कला मार्फत जागरणमूलक कार्यक्रम गर्ने अभिप्रायकासाथ पछिल्लो समय महाप्रबन्धक श्री किरण बाबु पुनको कुशल नेतृत्वमा सुशासन सहितको सभ्य संस्कृति निर्माणका लागि नयाँ शिराबाट अगाडि बढेको छ । 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij