गणतन्त्र दिवसको शुभकामना

गणतन्त्र दिवसको शुभकामना


 

गणतन्त्र दिवसको शुभकामना

जनताको ठूलो त्याग, बलिदान र संघर्षले प्राप्त गणतन्त्र र यसका उपलब्धिलाई संस्थागत गर्न गणतन्त्र दिवसलाई हरेक नेपालीले उत्सवका रूपमा मनाउने चलन छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकताको प्रतीकका रूपमा रहेका हरेक जातजातिका पहिचानयुक्त अमूर्त संस्कृतिहरूले समान ढंगले स्थान पाउनु नै गणतन्त्रको सौन्दर्य हो । गणतन्त्रको सौन्दर्य स्वरूपको यो संस्कृतिलाई संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्नसके मात्र गणतान्त्रिक राष्ट्रको अस्तित्व सहितको समृद्ध राष्ट्र सम्भव हुन्छ । हरेक जातिको सांस्कृतिक पहिचान सहितको समृद्ध गणतन्त्र नेपाल आजको आवश्यकता हो ।

देशका ठूलाठूला परिवर्तन तथा गणतन्त्र प्राप्तिमा सांस्कृतिक पक्षको ठूलो भूमिका रहेको सर्वविदितै छ । सांस्कृतिक आन्दोलनले समाजको विकृति, विसंगति, कुसंस्कार, रूढीवादी सोच, अन्धविश्वास, कुप्रथा, भेदभाव आदिलाई जरैदेखि फाल्न मद्दत गर्यो । सांस्कृतिक जागरणका माध्यमबाट समाजलाई सही मार्गमा रूपान्तरण गर्न ठूलो टेवा पुर्यायो। गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै सामाजिक तथा सांस्कृतिक रूपान्तरण सहित समाजवादी संस्कृति निर्माण गर्न सांस्कृतिक पक्षकै प्रमुख भूमिका अपरिहार्य छ । 

सांस्कृतिक जागरणका लागि प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान संस्कृतिका माध्यमबाट सामाजिक तथा सांस्कृतिक रूपान्तरण सहित हरेक नेपालीले आफ्नोपनको आभास गर्ने साझा नयाँ संस्कृति निर्माणका लागि सदा प्रतिबद्ध छ । गणतन्त्र दिवसले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि उत्सवको रूपमा मनाउने सबै नेपालीहरूमा प्रेरणा मिलोस् भन्ने कामना सहित गणतन्त्र दिवस २०८२ को शुभकामना व्यक्त गर्दछु ।

 

१५ जेठ २०८२                                                           किरण बाबु पुन
ने.सं. १४४५ तछलाथ्व तृतिया                                                महाप्रबन्धक 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij