सादर निमन्त्रणा
राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका अक्षुण्ण बाटोहरू ।
ऐतिहासिक विरासत बचाउन सेतु बन्छ संस्कृतिमय पाटोहरू ।।
सांस्कृतिक संस्थानको गौरवमय
५३औं वार्षिकोत्सव समारोह २०८२
सभ्यभव्य रूपमा सम्पन्न गर्न तपसिलको मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिका निम्ति सादर निमन्त्रणा गर्दछौं ।
- प्रमुख आकर्षण :
सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण २०८२
सांस्कृतिक संस्थानको नवनिर्मित सेमिनार हल समुद्घाटन
गीति नाटक मुनामदन सहित स्वस्थ मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम
मिति : २०८२ असार ५ गते ।
समय : दिनको २ः३० बजे ।
स्थान : सांस्कृतिक संस्थानको मेगा हल, जमल, काठमाडौँ ।
आयोजक : सांस्कृतिक संस्थान ।
किरण बाबु पुन
महाप्रबन्धक