स्व.गणेश रसिकज्यूलाई संस्थानद्वारा श्रद्वाञ्जली अर्पण

स्व.गणेश रसिकज्यूलाई संस्थानद्वारा श्रद्वाञ्जली अर्पण


स्व.गणेश रसिकज्यूलाई संस्थानद्वारा श्रद्वाञ्जली अर्पण

सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक स्व.श्री गणेश रसिकज्यूको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्तिम संस्कारमा थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो । संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवाली ज्यू र महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू सहित संस्थानका कर्मचारीहरु सहभागी भई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

IMG-20250603-WA0011.jpg

IMG-20250603-WA0007.jpg

संस्थानले पूर्वमहाप्रबन्धक स्व.श्री गणेश रसिकज्यूले संस्थानमा पुर्याउनु भएको योगदानको कदर गर्दै आज संस्थानका लागि शोक बिदा दिएको छ । स्व.पूर्वमहाप्रबन्धकज्यू हामी माझ नरहेपनि उहाँका कृतिहरुका माध्यमबाट उहाँ सदा अजरअमर हुनु हुनेछ । पुनः उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । 

IMG-20250603-WA0013.jpg

IMG-20250603-WA0010.jpg

IMG-20250603-WA0008.jpg

तस्वीर : सन्तोष निरा

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij