नवनियुक्त श्रीमान् सचिवज्यूलाई हार्दिक बधाई : सांस्कृतिक संस्थान

नवनियुक्त श्रीमान् सचिवज्यूलाई हार्दिक बधाई : सांस्कृतिक संस्थान


 

 

नवनियुक्त श्रीमान् सचिवज्यूलाई हार्दिक बधाई : सांस्कृतिक संस्थान

काठमाडौँ, जेठ २८, २०८२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त श्रीमान् सचिव श्री हरिप्रसाद मैनालीज्यूलाई संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्रशासन शाखा प्रमुख श्री सुदर्शन थापा ज्यू र लेखा शाखा प्रमुख श्री प्रेम ध्वज जिसीज्यूले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले सांस्कृतिक संस्थानको ब्रिफिङ गर्नुहुँदै संस्थानको छुट्टै ऐन, विनियमावली, ओ एण्ड एम जस्ता नीतिगत प्रणाली सुधारका लागि माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले विशेष ध्यानाकर्षण गर्नुभएको जानकारी गराउँदै त्यसतर्फ श्रीमान् सचिवज्यूबाट पनि  यथाशीघ्र पहल  गरिदिनुहुन अनुरोध गर्नुभयो । श्रीमान् सचिव हरिप्रसाद मैनालीज्यूले सो भेटघाटमा आफूले संस्थानको नीतिगत समस्या समाधानको लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

IMG-20250606-WA0005.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij