सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कार २०८२

सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कार २०८२


 

सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कार २०८२ 


सांस्कृतिक संस्थानको गौरवमय “५३ औं वार्षिकोत्सव समारोह २०८२” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा सभ्यभव्य रूपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा सिर्जनशील कलाको माध्यमबाट राष्ट्रलाई अतुलनीय योगदान पुर्याउनु हुने राष्ट्रिय व्यक्तित्वहरूलाई सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित गरिएको गरिएको छ । 

DSC05860.JPG

सम्मानित हुनुहुने राष्ट्रिय व्यक्तित्वहरूको विवरण :
१.सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घ साधना सम्मान – श्री भैरव वहादुर थापा ज्यू 
२. सांस्कृतिक संस्थान वर्ष उत्कृष्ट पुरस्कार – श्री नरसिं लाल श्रेष्ठ ज्यू
३. सांस्कृतिक संस्थान राष्ट्रिय गायन पुरस्कार – श्री चन्द्रकला शाह ज्यू
४. सांस्कृतिक संस्थान राष्ट्रिय वादन पुरस्कार – श्री पञ्च नारायण महर्जन ज्यू
५. सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार – श्री मिथिला शर्मा ज्यू
६. सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार – श्री लोकनाथ ढकाल ज्यू

DSC05788.JPG

DSC05805.JPG

DSC05822.JPG

DSC05781.JPG

DSC05838.JPG

DSC05888.JPG

सम्मानित राष्ट्रिय व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा निरन्तर सिर्जनशीलताको कामना छ ।

वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । संस्थानको हिसाबले ५३ औं वार्षिकोत्सवको दिन हो । संस्थानको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने संस्कृति विभागबाट सुरु भई राष्ट्रिय नाचघर हुँदै सांस्कृतिक संस्थानसम्म आइपुग्दा विभिन्न आरोह–अवरोहहरू पार गरेको छ । नेपालको पहिचानयुक्त लोकसंस्कृतिलाई सजीव प्रदर्शनीका माध्यमबाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने अभिभारा बोकेको संस्थानको उत्पत्ति एवम् इतिहासकालको लेखाजोखा गर्ने हो सत्यतथ्य खोज–अनुसन्धानको जरुरी देखिन्छ । संस्थान संस्कृति विभागका रूपमा वि.सं.२०१६ सालभन्दा अगाडिदेखि स्थापित थियो भन्ने कुराको लेखहरू थुप्रै इतिहास सम्बन्धी पुस्तक, राजनैतिक सम्बन्धी पुस्तक तथा संस्कृति सम्बन्धी पुस्तकहरूमा पाइन्छ । वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघर पनि संस्कृति विभाग अन्तर्गत रहेको तथ्य वरिष्ठ संस्कृतिविद्, नृत्यशास्त्री एवम् नेपालको जिउँदो सांस्कृतिक सम्पदा श्री भैरव बहादुर थापाज्यूका थुप्रै लेख र अन्तर्वार्तामा पाइन्छ । राष्ट्रिय नाचघरबाट नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएको अवधिलाई हेर्ने हो भने संस्थानको ६६ औं वार्षिकोत्सव हो । 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij