सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” प्रकाशन प्रारम्भ

सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” प्रकाशन प्रारम्भ



सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” प्रकाशन प्रारम्भ


सांस्कृतिक संस्थानको गौरवमय “५३ औं वार्षिकोत्सव समारोह २०८२” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा सभ्यभव्य रूपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा सजीव कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन र दस्तावेजीकरणका लागि ISSN मान्यताप्राप्त वर्ष १, अङ्क १, असार २०८२, “संस्कृति अध्ययन” नामक अनुसन्धनात्मक वार्षिक जर्नल पहिलोपटक प्रकाशनमा ल्याइएकोले सो जर्नलको विमोचन गरिएको छ । जर्नलको सम्पादन संस्कृतिविद्द्वय भोगीराज चाम्लिङ ज्यू र गुरुङ सुशान्तज्यूले गर्नुभएको हो ।  सम्पादक द्वयलाई माननीय मन्त्रीज्यूको हातबाट सम्मान समेत गरिएको थियो । विज्ञ समिक्षित सहितको उक्त जर्नलमा विभिन्न विद्वानहरूका शोधलेख समेटिएको छ ।

DSC05899.JPG

Screenshot 2025-06-21 161003.png

DSC05903.JPG

DSC05907.JPG

वि.सं. २०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । संस्थानको हिसाबले ५३ औं वार्षिकोत्सवको दिन हो । संस्थानको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने संस्कृति विभागबाट सुरु भई राष्ट्रिय नाचघर हुँदै सांस्कृतिक संस्थानसम्म आइपुग्दा विभिन्न आरोह–अवरोहहरू पार गरेको छ । नेपालको पहिचानयुक्त लोकसंस्कृतिलाई सजीव प्रदर्शनीका माध्यमबाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने अभिभारा बोकेको संस्थानको उत्पत्ति एवम् इतिहासकालको लेखाजोखा गर्ने हो सत्यतथ्य खोज–अनुसन्धानको जरुरी देखिन्छ । संस्थान संस्कृति विभागका रूपमा वि.सं.२०१६ सालभन्दा अगाडिदेखि स्थापित थियो भन्ने कुराको लेखहरू थुप्रै इतिहास सम्बन्धी पुस्तक, राजनैतिक सम्बन्धी पुस्तक तथा संस्कृति सम्बन्धी पुस्तकहरूमा पाइन्छ । वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघर पनि संस्कृति विभाग अन्तर्गत रहेको तथ्य वरिष्ठ संस्कृतिविद्, नृत्यशास्त्री एवम् नेपालको जिउँदो सांस्कृतिक सम्पदा श्री भैरव बहादुर थापाज्यूका थुप्रै लेख र अन्तर्वार्तामा पाइन्छ । राष्ट्रिय नाचघरबाट नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएको अवधिलाई हेर्ने हो भने संस्थानको ६६ औं वार्षिकोत्सव हो । 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij