विश्व सङ्गीत दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

विश्व सङ्गीत दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न


विश्व सङ्गीत दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न   

आज विश्व सङ्गीत दिवस, पहिलोपटक सन् १९८२ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाउन सुरुवात गरिएसँगै हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । जुन २१ लाई युनेस्कोले विश्व सङ्गीत दिवसको रूपमा स्थापित गरेको हो । हाल संसारका १ सय बढी देशमा सङ्गीत दिवस उत्सवका रूपमा मनाइन्छ । सङ्गीत विज्ञका अनुसार नेपालमा भने वि.सं.२०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । बर्षभरीकै लामो दिनका रूपमा समेत जुन २१ लाई लिइन्छ । सङ्गीतका साधकहरू तथा सङ्गीत प्रेमी–मनहरूले विश्व सङ्गीत दिवसलाई हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।

506846808_727070343134610_145900424606949630_n.jpg

511200455_2078270819333037_5287609526525128449_n.jpg

510198480_728631119528051_5751973690277997230_n.jpg

508347916_2223253584780978_3453986062420078279_n.jpg

495265833_1232087795196157_4547915278864951886_n.jpg

507028337_737178008993090_1387885501678104693_n.jpg

506747772_704458749160070_7442966975402302051_n.jpg

विश्व सङ्गीत दिवसको अवसरमा सांस्कृतिक संस्थानद्वारा आयोजित संस्थानको कला प्रशिक्षणका ३४ औं प्रशिक्षार्थीहरूको कला प्रस्तुतीकरणसँगै “विशेष सांस्कृतिक कार्यक्रम २०८२” सम्पन्न गरिएको छ । सो कार्यक्रममा प्रशिक्षार्थीहरूले गीत, धून, नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा सभाध्यक्षता ग्रहण गर्नुभएका संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले विश्व सङ्गीत दिवसको शुभकामना बाँड्नुहुँदै सिर्जनशील कलामध्ये सङ्गीत उच्चकोटीको विधा भएकाले ठूलो त्याग र साधनाले प्राप्त हुने सङ्गीतलाई पूजन गर्ने प्रशिक्षार्थी र प्रशिक्षक दुबै संस्कृतिमय हुनुपर्नेतर्फ जोड दिनु भयो । कार्यक्रम सञ्चालन संस्थानका गायन शाखा संयोजक श्री तिर्थराज पोख्रेलज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रशिक्षण इकाई प्रमुख श्री दुर्गा प्रसाद खतिवडाले राख्नुभएको थियो । संस्थानका कर्मचारी र प्रशिक्षार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । 

banner asar 7 bishow sangeet diwas-1.jpg

CamScanner 21-06-2025 08.00.jpg

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij