साउन १५ खीर खाने दिवसको शुभकामना
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न संस्कृतिको प्रमुख भूमिका रहन्छ। संस्कृतिबाटै हरेक राष्ट्रको पहिचान झल्किनुका साथै हरेक मानवलाई सत्मार्गतर्फ डो¥याउन प्रेरणा प्रदान हुन्छ ।
साउन १५ गतेलाई खीर खाने दिनका रूपमा दिवस स्वरूप मनाउने प्रचलन छ। नेपाल कृषिप्रधान देश भएकाले कृषकहरूले धान रोपी सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरूको धारणा रहेको छ भने राष्ट्रिय दुग्ध विकास समितिबाट साउन १५ गतेलाई खीर खाने दिन वा खीर दिवसका रूपमा मनाउने निर्णय गरेपछि झनै यसलाई खीर दिवस भनेर मनाउन थालिएको पाइन्छ । नेपाली परम्परामा यो दिनलाई अति महत्त्वका साथ प्राथमिकतामा राखेर परिवार, इष्टमित्र र चेलीबेटी जम्मा गरेर संयुक्त रूपमा खीर खाने चलन रहेको छ । हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने संस्कृति भएकाले पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।
खीर खानुसँग सांस्कृतिक पक्षका साथै वैज्ञानिक महत्त्व पनि पाइन्छ । सुख्खा फल मिसाएर चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज जस्ता तत्त्व पाउन सकिन्छ। नेपालको प्राचीन संस्कृति अनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रूपमा लिइने गरिन्छ।
सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै सभ्य समाज निर्माणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस दिवसले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित साउन १५ खीर खाने दिवसको शुभकामना व्यक्त गर्दछु ।
१५ साउन २०८२
ने.सं.११४५ गुंलाथ्व सप्तमी
किरण बाबु पुन
महाप्रबन्धक