सांस्कृतिक संस्थान र नेपाल प्रज्ञा–प्रतिष्ठान बीच सम्झौता

सांस्कृतिक संस्थान र नेपाल प्रज्ञा–प्रतिष्ठान बीच सम्झौता


 

 

सांस्कृतिक संस्थान र नेपाल प्रज्ञा–प्रतिष्ठान बीच सम्झौता

IMG-20250801-WA0010.jpg

काठमाडौँ, १६ साउन २०८२
सांस्कृतिक संस्थान, जमल, काठमाडौँ र नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौँ बीच संस्थानका आ.व.२०८२/८३ मा हुने छपाई सम्बन्धी सामग्रीहरू (लेटर हेड, संस्थानको नाम र लोगो भएको खाम, संस्थानको नाम र लोगो भएको फाइल, संस्थानले प्रकाशन गर्ने पुस्तक, वार्षिक जर्नल, अर्धवार्षिक बुलेटिन, वार्षिक भित्ते पात्रो, विभिन्न कार्यक्रमका निमन्त्रणा कार्ड, ब्रोसर, ब्यानर, हल बुकिङ सम्बन्धी फाराम आदि) सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ उपदफा (१) (घ१) बमोजिम सर्त र दायित्वको अधीनमा रहने गरी छपाई गर्ने प्रयोजनार्थ सम्झौता गरिएको छ ।

IMG-20250801-WA0004.jpg
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको अध्यक्षतामा मिति २०८१ साल मंसीर १६ गते बसेको बैठक पश्चात् मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायहरूबाट गरिने सम्पूर्ण छपाई सम्बन्धी कार्यहरू नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाबाट मात्र छपाई गर्ने मन्त्रिस्तरीय निर्णय गरिएको थियो । माननीय मन्त्रीज्यूको मन्त्रालय अन्तर्गतका अन्तरनिकाय बीच एक–अर्कासँग सहकार्य–समन्वय मार्फत सुशासन सहित नीतिगत प्रणाली सुधार तथा राज्यका स्रोत–साधनलाई सही रूपमा चलायमान गरी आर्थिक समृद्धिलाई जोड दिने नीति बमोजिम यो कदम अगाडि बढाइएको हो । सो निर्णय पश्चात् सांस्कृतिक संस्थानले आफ्ना छपाई सम्बन्धी क्रियाकलाप प्रज्ञा प्रतिष्ठानबाट गर्दै आइरहेको छ । यसलाई अझै चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले अगाडि बढाउन दुई नीकाय बीच सम्झौता गरिएको छ ।

IMG-20250801-WA0012.jpg

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij