गाईजात्रा महोत्सव २०८२ को डिजिटल रूपमा टिकट उपलब्ध
सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२ को टिकट संस्थानको वेबसाइट र ईसेवा मार्फत डिजिटल रूपमा उपलब्ध गराइने भएको छ ।
सांस्कृतिक संस्थानको वेबसाइट मार्फत डिजिटल रूपमा टिकट सेवा लिनका लागि प्रक्रिया यसप्रकार छः
१.संस्थानको आधिकारिक वेबसाइट www.sanskritiksansthan.gov.np मा लगइन गरी त्यहाँ गाईजात्रा २०८२ टिकटका लागि भन्ने अप्सनलाई क्लिक गर्ने,
२.कुन मितिको कार्यक्रम हेर्ने सो कार्यक्रम मितिलाई क्लिक गरेपछि Number Login भन्ने अप्सन आउँछ त्यसमा आफ्नो मोबाइल नम्बर राख्ने र क्भलम इत्ए मा क्लिक गर्ने,
३.मोबाइलको Message Box मा प्राप्त हुने OTP कोडलाई राखेर Send गर्ने,
४.आफूले चाहेको सिटलाई क्लिक गर्ने, त्यसपछि Buy Ticket भन्ने अप्सनमा क्लिक गर्ने,
५.Select Payment Gateway भन्ने अप्सनमा आफूसँग भएको Connect IPS वा Khalti लाई क्लिक गरी Proceed with Payment क्लिक गरी त्यहाँ आफ्नो व्यक्तिगत कनेक्ट आइपिएस वा खल्तीको विवरण पेश गरी क्लिक गरेपछि टिकट लिन सकिनेछ ।
६.टिकट लिइसकेपछि टिकट लिएको डाउनलोड वा स्कृनशट गरी सो विवरण कार्यक्रम हर्ने दिन संस्थानलाई उपलब्ध गराउनु पर्नेछ ।
साथै ईसेवाबाट डिजिटल रुपमा टिकट लिन चाहने सेवाग्राहीले ईसेवाको एप मार्फत सिधै टिकट लिन पनि सक्नु हुनेछ ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले पछिल्लो समय मेगा र मिनी दुबै हलका सिटहरूलाई नम्बरिङ गरेर दर्शकको चाहना अनुसार सिट लिन सक्ने डिजिटल प्रणालीको विकास गरेको छ । अबदेखि संस्थानका हल भाडामा लिएर टिकट शो कार्यक्रम आयोजना गर्ने इच्छुक सेवाग्राहीलाई समेत संस्थानले अपडेट गरेको डिजिटल टिकट प्रणालीको सेवा लिनसक्ने व्यवस्था गरिने महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले जानकारी दिनुभयो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपालकै संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले पछिल्लो समय बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण सहित उत्पादनमा जोड दिने उद्देश्यका साथ विभिन्न सांस्कृतिक चाडपर्वको अवसरमा प्रभावकारी कार्यक्रम प्रदर्शन गर्दै आइरहेको छ । यसै अनुरूप नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” साउन २४ गतेदेखि ३१ गतेसम्म आयोजना हुन गइरहेको छ । संस्थानले गतवर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको हो । आ.व.२०८२/८३ मा झनै आकर्षक ढंगले मौलिक संस्कृति झल्किने गरी भरपूर मात्रामा हास्य रस प्रदायक हुने गरी संस्थानका कलाकारहरू र लोकप्रिय हास्यकलाकारहरूको प्रस्तुतिमा सम्पन्न गरिने भएको छ । संस्थानका कलाकारहरूका अलावा लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, सुमन कोइराला (दले दाइ), भरतमणी पौडेल, हिमेश पन्त, खबपु चञ्चल मगर, दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ । सांस्कृतिक संस्थानको मेगा प्रेक्षालयमा प्रत्येक दिन साँझ ५ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने सार्वजनिक विदाको दिउँशो १ बजे र साँझ ५ बजे गरी २ शो प्रदर्शन गरिनेछ ।