३४ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह” सम्पन्न
सांस्कृतिक संस्थानले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि विगतदेखि सञ्चालन गर्दै आइरहेको कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३४ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह” मिति २०८२ साउन २१ गते संस्थानको मेगा हलमा सम्पन्न गरिएको छ । संस्थानले हरेक आ.व.मा ६/६ महिने गायन, वाद्यवादन, नृत्य र नाटक विधामा प्रशिक्षण क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।
संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवाली ज्यू र महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको विशेष उपस्थितिमा दीक्षान्त समारोह समापन गरिएको हो । सो समारोहमा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले दीक्षान्त कार्यक्रमको मूलमर्म बारे खण्डन, प्रशिक्षकलाई आभार तथा प्रशिक्षार्थीलाई उज्ज्वल भविष्यको कामना र प्रशिक्षण क्रियाकलापलाई विधिसम्मत बनाउन कला प्रशिक्षण कार्यविधि, २०८१ निर्माण गरी अगाडि बढाइएको तर्फ जोडदिँदै आगामी प्रशिक्षण कार्यक्रमलाई थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरूले कला प्रस्तुतीकरण गरेका थिए भने प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम समापन अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रशिक्षण इकाई प्रमुख श्री दुर्गा प्रसाद खतिवडाज्यूले गर्नुभएको थियो ।