सांस्कृतिक संस्थानको प्रस्तुति मौलिक गीत “ए नि बरिलै”
सांस्कृतिक संस्थानले हिन्दू नारीहरूको महान् सांस्कृतिक पर्व तीजको अवसरमा मौलिक तीज गीत “ए नि बरिलै” बोलको गीत श्रव्यदृश्य सामग्री सहित सार्वजनिक गरेको छ । उक्त गीतमा रचनाकार श्री लोकराज अधिकारी, सङ्गीतकार श्री विपिन घिमिरे, सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली, गायिका: श्री शिला विष्ट र श्री राधिका भण्डारी, वाद्यवादक:श्री दुर्गा प्रसाद खतिवडा, श्री नरेश प्रजापति, श्री लोकराज राई, निर्देशक श्री शेखर घर्ती, छायांकार श्री बि.एम मल्ल, दृश्य सम्पादक श्री मनिष कार्की, अभिनय: माया थापा, श्री सुशिला थापा, श्री गीता थापा घिमिरे, श्री दिपेन्द्र बज्राचार्य, श्री बिना विश्वकर्मा, श्री अक्कल बहादुर पाख्रिन, श्री लोकराज राई, श्री सबनम सिल्वाल, श्री मन्जु भुषाल, श्री सुक्रिमाया मोक्तान, श्री जशराज राई, श्री कल्पना राई, श्री मनोज के.सी, श्री लोककुमारी पूर्वछाने मगर, श्री कविता आले, श्री सोनिया रावत, श्री वर्षा श्रेष्ठ, श्री रिता शाही, श्री सम्झना पुतुवार, भेषभूषा श्री नारायणी पाण्डेको रहेको छ भने गीतलाई सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले चाडपर्व विशेष मौलिक गीतहरू र नेपालमा प्रचलित पहिचानयुक्त सबै प्रकारका गीतहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्रीका माध्यमबाट संस्कृति जगेर्ना गर्ने हेतुका साथ पछिल्लो समय संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्य प्रकृति अनुसार अपरिहार्य आफ्नै रेकर्डिङ स्टुडियो निर्माण गरी अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
गीतको भिडियोः