सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२ समुद्घाटन

सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२ समुद्घाटन


 

 

सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२ समुद्घाटन


नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानद्वारा आयोजित गाईजात्रा महोत्सव २०८२ भव्यताका साथ समुद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन समारोह साउन २४ गते शनिबारका दिन सम्पन्न गरिएको छ भने महोत्सव ३१ गतेसम्म सञ्चालन गरिनेछ । नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आयोजना गरिएको हो । समुद्घाटन समारोहमा लोकसेवा आयोगका अध्यक्ष माननीय श्री माधव प्रसाद रेग्मीज्यूको विशिष्ट आतिथ्यता, नेपाल सरकारका निकाय प्रमुख, सहसचिव, उपसचिव तथा अन्य व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 

_DRS2282.jpg

_DRS2256.jpg

IMG_3284.jpg

 

प्रमुख अतिथि माननीय मन्त्रीज्यूले धारणा राख्नुहुँदै गाईजात्रा पर्वको आफ्नै महत्त्व र महिमा भएको बताउनु भयो । उहाँले गाइजात्रा पर्व दुःख पीडामा पनि आफूलाई सबल र बलियो बनाएर अगाडि बढ्नु पर्छ भन्ने परम्परागत मान्यतामा आधारित छ । हामी लड्यौँ, ढल्यौँ भने पनि हामी उठेर अगाडि बढ्नु पर्छ, हामी दृढतापूर्वक अगाडि बढ्नु पर्छ । हामीले आँसुमा पनि हाँसो तथा शोक र निराशामा पनि सत्य खोज्नु पर्छ भन्ने मान्यता बोकेको यस पर्वलाई मूलमर्म अनुरूप मनाउनु पर्ने बताउनु भयो । साथै गाईजात्रामा व्यङ्ग्य गर्नेहरूले पनि सिर्जनशील भएर व्यङ्ग्य गर्नुपर्ने समेत धारणा राख्नु भयो । 

_DRS2302.jpg

IMG_3456.jpg

IMG_3429.jpg

IMG_3375.jpg

IMG_3357.jpg

IMG_3303.jpg

IMG_3264.jpg

IMG_3305.jpg

महोत्सवमा लोकप्रिया हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स र कमेडी दरबारका कलाकार संस्थानको गाईजात्रा महोत्सवमा जोडिनु भएको छ । सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता आध्यात्मिक, सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’,  हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’, भरतमणि पौडेल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’,  सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’, सुयशा खनाले ‘अभिभावक र बालबालिका’ लगायत संस्थानका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनुभएको  थियो । महोत्सवको उद्घोषण राजा राजेन्द्र पोख्रेलले गर्नुभएको थियो ।

IMG_3416.jpg

_DRS2236.jpg

IMG_3286.jpg

_DRS2220.jpg

सो महोत्सवमा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा गाईजात्रा महोत्सवको आयोजना गरिएको र पर्वको मौलिक संस्कृति लोप हुने खतरा बढेकाले यसको संरक्षणका लागि गत वर्षदेखि गाईजात्रा महोत्सव आयोजना थालिएको जनाउनु भयो । परम्परागत र लोकतान्त्रिक पद्धति अनुसार व्यङ्ग्य गर्ने छुट रहेको तर, छुटको नाममा अतिरञ्जित किसिमले प्रहसन गरी सांस्कृतिक पर्व गाईजात्राको नयाँ पुस्तामाझ गलत भाष्य सम्प्रेषण भइरहेकाप्रति संस्थानले विशेष ध्यानाकर्षण गर्दै सभ्य संस्कृति सम्प्रेषण गर्न महोत्सव आयोजना गरिएको बताउनु भयो ।

_DRS2258.jpg

_DRS2211.jpg

_DRS2225.jpg

संस्थानको मेगा प्रेक्षालयमा प्रत्येक दिन साँझ ५ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने टिकट ईसेवा र संस्थानको आधिकारिक वेबसाइट मार्फत डिजिटल रूपमा एवम् भौतिक रूपमा संस्थानको कार्यालय जमलबाट लिन सकिनेछ । सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा संस्थानले गाईजात्रा महोत्सव आयोजना गरेको छ । सात प्रदेशको रैथाने खानपान खुवाउने गरी मौलिक भान्छाघर फुड पार्टनरको रूपमा रहेको छ ।
IMG_3489.jpgIMG_3478.jpgIMG_3481.jpgIMG_3460.jpgIMG_3457.jpgIMG_3442.jpgIMG_3435.jpgIMG_3434.jpgIMG_3403.jpgIMG_3378.jpgIMG_3374.jpgIMG_3340.jpgIMG_3359.jpgIMG_3298.jpgIMG_3297.jpg_DRS2277.jpgIMG_3399.jpgIMG_3348.jpg
 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij