तेस्रो दिन : सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२

तेस्रो दिन : सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२


 

 

 तेस्रो दिन : सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२

काठमाडौँ, २६ साउन २०८२ 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन समारोह साउन २४ गते शनिबारका दिन समुद्घाटन गरिएको सांस्कृतिक संस्थान गार्ईजात्रा महोत्सव २०८२ तेस्रो दिन सोमबारका दिन भव्यताका साथ प्रदर्शनी भएको छ । नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आयोजना गरिएको हो । महोत्सव साउन ३१ गतेसम्म सञ्चालन गरिनेछ । 

IMG_5047.jpg

IMG_5026.jpg

IMG_5019.jpg

IMG_4985.jpg

IMG_4982.jpg

महोत्सवमा लोकप्रिया हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स र कमेडी दरबारका कलाकार संस्थानको गाईजात्रा महोत्सवमा जोडिनु भएको छ । सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता आध्यात्मिक, सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’,  हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’, भरतमणि पौडेल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’,  सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’, सुयशा खनाले ‘अभिभावक र बालबालिका’ लगायत संस्थानका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनुभएको  थियो । महोत्सवको उद्घोषण राजा राजेन्द्र पोख्रेलले गर्नुभएको थियो ।

IMG_4960.jpg

IMG_4927.jpg

IMG_4900.jpg

IMG_4902.jpg

IMG_4925.jpg

संस्थानको मेगा प्रेक्षालयमा हरेक दिन साँझ ५ बजे तथा शुक्रबार र शनिबारका दिन बेलुका ४ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने टिकट ईसेवा एवम् संस्थानको आधिकारिक वेबसाइट मार्फत डिजिटल रूपमा एवम् भौतिक रूपमा संस्थानको कार्यालय जमलबाट लिन सकिनेछ ।

IMG_4833.jpg

IMG_4827.jpg

9.jpg

8.jpg

IMG_5021.jpg

7.jpg

सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा संस्थानले गाईजात्रा महोत्सव आयोजना गरेको छ । सात प्रदेशको रैथाने खानपान खुवाउने गरी मौलिक भान्छाघर फुड पार्टनरको रूपमा रहेको छ ।

IMG_5039.jpg

IMG_4997.jpgIMG_4916.jpg

IMG_4794.jpg

6.jpg1.jpg4.jpg2.jpgIMG_4997.jpgIMG_5072.jpgIMG_5061.jpgIMG_4977.jpgIMG_4976.jpgIMG_4971.jpgIMG_4968.jpgIMG_4930.jpgIMG_4883.jpgIMG_4971.jpgIMG_4871.jpgIMG_4869.jpgIMG_4847.jpgIMG_4842.jpgIMG_4850.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij