सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२ : छैंटौँ दिन विशेष शो भव्यताका साथ सम्पन्न

सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२ : छैंटौँ दिन विशेष शो भव्यताका साथ सम्पन्न


 

 

सांस्कृतिक  संस्थान गाईजात्रा महोत्सव २०८२ : छैंटौँ दिन विशेष शो भव्यताका साथ सम्पन्न 

काठमाडौँ, २९ साउन २०८२ 
"सांस्कृतिक संस्थान गार्ईजात्रा महोत्सव २०८२" को छैंटौँ दिन बिहीबारका दिन विशेष शो भव्यताका साथ सम्पन्न भएको छ । दर्शकहरूको अत्यधिक भीड रहेको थियो भने थुप्रै दर्शकले सिट नपाएपछि फर्किनु परेको थियो । विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्य माननीयज्यूहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आयोजना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा साउन २४ गते शनिबारका दिन समुद्घाटन गरिएको महोत्सव साउन ३१ गतेसम्म सञ्चालन गरिनेछ । 

IMG_2699.jpg

IMG_2687.jpg

c.jpg

महोत्सवमा लोकप्रिया हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स र कमेडी दरबारका कलाकार संस्थानको गाईजात्रा महोत्सवमा जोडिनु भएको छ । सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता आध्यात्मिक, सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’,  हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’, भरतमणि पौडेल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’,  सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’, सुयशा खनाले ‘अभिभावक र बालबालिका’, संस्थानका कलाकारहरू राम भजन कामत, विपिन घिमिरे र सबनम सिल्बालले ‘झिल्के ट्रायल सेन्टर’ लगायत संस्थानको तर्फबाट सांस्कृतिक प्रस्तुति दिनुभएको  थियो ।  महोत्सवको उद्घोषण राजा राजेन्द्र पोख्रेलले गर्नुभएको थियो ।

IMG_2764.jpg

1.jpg

9.jpg

5.jpg

4.jpg

2.jpg

6.jpg

8.jpg

7.jpg

संस्थानको मेगा प्रेक्षालयमा हरेक दिन साँझ ५ बजे तथा शुक्रबार र शनिबारका दिन बेलुका ४ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने टिकट ईसेवा एवम् संस्थानको आधिकारिक वेबसाइट मार्फत डिजिटल रूपमा एवम् भौतिक रूपमा संस्थानको कार्यालय जमलबाट लिन सकिनेछ ।

IMG_2651.jpg

IMG_2614.jpg

IMG_2599.jpg

IMG_2600.jpg

सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा संस्थानले गाईजात्रा महोत्सव आयोजना गरेको छ । सात प्रदेशको रैथाने खानपान खुवाउने गरी मौलिक भान्छाघर फुड पार्टनरको रूपमा रहेको छ ।

p.jpgo.jpgm.jpgl.jpgj.jpgIMG_2673.jpgIMG_2767.jpgIMG_2769.jpgIMG_2723.jpgIMG_2624.jpgIMG_2621.jpgIMG_2654.jpgIMG_2757.jpgIMG_2623.jpgIMG_2610.jpgi.jpgIMG_2517.jpgh.jpgIMG_2609.jpgd.jpgb.jpgIMG_2715.jpgIMG_2633.jpg

IMG_2784.jpgIMG_2795.jpgIMG_2683.jpgIMG_2631.jpgIMG_2606.jpgIMG_2609.jpgIMG_2575.jpgIMG_2548.jpgIMG_2578.jpgIMG_2594.jpg

IMG_2600.jpga.jpgIMG_2582.jpg

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij