सातौं दिनः सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२ को शो LIONS INTERNATIONAL DISTRICT 325 S NEPAL AREA-1 सँगको सहकार्यमा भव्यताका साथ सम्पन्न

सातौं दिनः सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२ को शो LIONS INTERNATIONAL DISTRICT 325 S NEPAL AREA-1 सँगको सहकार्यमा भव्यताका साथ सम्पन्न


 

 

सातौं दिनः सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२ को शो LIONS INTERNATIONAL DISTRICT 325 S NEPAL AREA-1 सँगको सहकार्यमा भव्यताका साथ सम्पन्न 

काठमाडौँ, ३० साउन २०८२ 
सांस्कृतिक संस्थान गार्ईजात्रा महोत्सव २०८२ सातौं दिन शुक्रबार LIONS INTERNATIONAL DISTRICT 325 S NEPAL AREA-1 सँगको सहकार्यमा भव्यताका साथ सम्पन्न भएको छ । नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आयोजना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा साउन २४ गते शनिबारका दिन समुद्घाटन गरिएको महोत्सव साउन ३१ गतेसम्म सञ्चालन गरिनेछ । 

IMG_2805.jpg

IMG_2807.jpg

IMG_2979.jpg

IMG_2899.jpg

IMG_2857.jpg

IMG_2923.jpg

IMG_2960.jpg

IMG_2527.jpg

IMG_2524.jpg

IMG_2842.jpg

IMG_2941.jpg

IMG_2954.jpg

महोत्सवमा लोकप्रिया हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स र कमेडी दरबारका कलाकार संस्थानको गाईजात्रा महोत्सवमा जोडिनु भएको छ । सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता आध्यात्मिक, सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’,  हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’, भरतमणि पौडेल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’,  सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’, सुयशा खनाले ‘अभिभावक र बालबालिका’, संस्थानका कलाकारहरू राम भजन कामत, विपिन घिमिरे र सबनम सिल्बालले ‘झिल्के ट्रायल सेन्टर’ लगायत संस्थानको तर्फबाट अन्य सांस्कृतिक प्रस्तुति दिनुभएको  थियो ।  महोत्सवको उद्घोषण राजा राजेन्द्र पोख्रेलले गर्नुभएको थियो ।

IMG_2820.jpg

IMG_2898.jpg

IMG_2846.jpg

IMG_2849.jpg

IMG_2817.jpg

IMG_2877.jpg

संस्थानको मेगा प्रेक्षालयमा हरेक दिन साँझ ५ बजे तथा शुक्रबार र शनिबारका दिन बेलुका ४ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने टिकट ईसेवा एवम् संस्थानको आधिकारिक वेबसाइट मार्फत डिजिटल रूपमा एवम् भौतिक रूपमा संस्थानको कार्यालय जमलबाट लिन सकिनेछ ।

IMG_2824.jpg

IMG_2828.jpg

IMG_2882.jpg

सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा संस्थानले गाईजात्रा महोत्सव आयोजना गरेको छ । सात प्रदेशको रैथाने खानपान खुवाउने गरी मौलिक भान्छाघर फुड पार्टनरको रूपमा रहेको छ ।
 

IMG_2916.jpgIMG_2840.jpgIMG_2834.jpgIMG_2833.jpgIMG_2875.jpgIMG_2902.jpgIMG_2853.jpgIMG_2855.jpgIMG_2912.jpgIMG_2926.jpgIMG_2948.jpgIMG_2962.jpgIMG_2958.jpgIMG_2984.jpgIMG_2981.jpgIMG_2845.jpgIMG_2893.jpgIMG_2861.jpgIMG_2498.jpgIMG_2968.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij