जेन जी सहिदको स्मृतिमा दीप प्रज्वलन: सांस्कृतिक संस्थान

जेन जी सहिदको स्मृतिमा दीप प्रज्वलन: सांस्कृतिक संस्थान


 

 

जेन जी सहिदको स्मृतिमा दीप प्रज्वलन: सांस्कृतिक संस्थान

१ असोज २०८२, काठमाडौँ ।

जेन जी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदहरूको स्मृतिमा  नेपाल सरकारद्वारा मिति २०८२ असोज १ गते शोक दिवस मनाउने निर्णय गरेसँगै सांस्कृतिक संस्थानद्वारा सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । यस दु:खद घडीमा सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

548683849_1092120729763760_7113689523696953031_n.jpg

548035690_1092120113097155_3901197646232978930_n.jpg

548193219_1092120939763739_551472173404122105_n.jpg

दीप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण गर्दै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले लालीगुराँस मिडिया नेटवर्कसँग कुरा गर्दै "अन्तरिम सरकारको नेतृत्व सामाजिक न्यायलाई स्पष्टसँग बुझ्नसक्ने व्यक्तित्व सम्माननीय सुशीला कार्कीज्यूले गर्नुभएकोले जेन जी पुस्तको बलिदानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । देश यतिबेला संकटको भुमरीमा गुज्रिरहेको बेला सबैले आ-आफ्नो ठाउँबाट नेपाल सरकारलाई सहयोग गर्नुपर्ने तर्फ जोड दिँदै संसारमा सबैभन्दा उच्च स्तरमा आमा (नारी) हुने, एक आमाले हर सन्ततिलाई जन्मदेखि मुत्युसम्मका हरेक क्रियाकलापहरू सभ्य ढंगले निर्वाह गर्ने संस्कृति प्रदान गर्ने भएकाले संस्कृतिको मुहान भन्‍नु नै आमा हुन् । राष्ट्रियताको दृष्टिकोणबाट भन्ने हो भने संस्कृति भन्नु नै नेपाल आमा हुन् । राष्ट्र निर्माणका लागि भ्रष्ट संस्कृतिलाई जरैदेखि निर्मूलन गरी सभ्य संस्कृति विकास गर्नु अपरिहार्य भएकाले नेपाल आमाको गरिमालाई गम्भीर रूपमा बुझेर सभ्य संस्कृतियुक्त सुशासन कायम गरी आत्मनिर्भर नीतिलाई स्थापना गर्नु दीर्घकालीन राष्ट्रहितको मार्ग भएको तर्क गर्दै नेपाल आमाको अस्तित्व रक्षा गर्ने अभिभारा जेन जी पुस्ताको हातमा आएको यो परिवेशमा नेतृत्वमा नेपाल आमाको प्रतीक स्वरूप एक परिपक्व नारी (आमा) आउनुले साँच्चिकै जेन जी पुस्ताको आन्दोलनले सार्थकता पाउने आशा गरिएको बताउनु भयो । हालसम्म नियुक्त हुनुभएका मन्त्रीज्यूहरू समेत सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाउनु भएका व्यक्तित्वहरू भएकाले सरकारले थप गति लिने विश्वास व्यक्त गर्नुहुँदै नेपाल संस्कृतिको धनी देश भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री संस्कृतिलाई राम्रोसँग बुझ्नसक्ने र संस्कृतिबाटै समृद्धिको आधार निर्माण गर्ने दीर्घकालीन योजना निर्माण गर्नसक्ने हुनुपर्ने धारणा राख्नुभयो । अबको समय हरनेपालीको साझा आवाज बोकेको, सार्वभौमसत्ता सम्पन्न जनतामा निहित संविधानलाई रक्षा गर्दै सुदृढीकरण लोकतन्त्रको पक्षमा यात्रा गर्दै युवा पुस्ताको मागसँगै स्थिर सुशासनयुक्त राज्य व्यवस्था निर्माण, भ्रष्टाचारमुक्त देश, प्रविधिमैत्री युवा रोजगार, प्राकृतिक तथा सांस्कृतिक स्रोतको उचित व्यवस्थापन र सांस्कृतिक पर्यटनको विकास सहित स्वरोजगारको मार्ग प्रशस्त गर्नतर्फ जेन जी पुस्ता अग्रसर हुनेछ भन्ने समेत विश्वास व्यक्त गर्नुभयो । साथै सांस्कृतिक संस्थानको वर्तमान नेतृत्वले बेथिति र भ्रष्टाचार विरुद्ध सशक्त ढंगले कदम चालेकै कारण देशैभरीका सामाजिक क्षेत्रका सार्वजनिक निकाय मध्ये संस्थानको मात्र ६९.४७ प्रतिशतले आयमा वृद्धि भएको समेत स्मरण गर्दै जेन जी पुस्ताको माग र संस्थानको नीति ऐक्यबद्ध भएको तर्क गर्दै यसलाई शत प्रतिशत कार्यान्वयन गर्न संस्थानको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।"

548184713_1092120246430475_7920335595788312930_n.jpg 

548035690_1092120113097155_3901197646232978930_n.jpg

548293598_1092121069763726_6135183155951519858_n.jpg



लालीगुराँस मिडिया नेटवर्कबाट गरिएको समाचार सम्प्रेषण लिंक:

https://www.facebook.com/share/v/1BLtsprJth/

548283221_1092120769763756_5458721477409788960_n.jpg548269935_1092121003097066_2058265311958235616_n.jpg548212429_1092121216430378_1634287687035486039_n.jpg549415544_1092121119763721_7846433656142303081_n.jpg548316707_1092120919763741_8316462185345185676_n.jpg549203758_1092121166430383_1377953985662405639_n.jpg548120092_1092120663097100_4197705255205078777_n.jpg549735968_1092120879763745_8327136158573400939_n.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij