संविधान दिवस (राष्ट्रिय दिवस) विशेष कार्यक्रम सम्पन्न : सांस्कृतिक संस्थान

संविधान दिवस (राष्ट्रिय दिवस) विशेष कार्यक्रम सम्पन्न : सांस्कृतिक संस्थान


 

संविधान दिवस (राष्ट्रिय दिवस) विशेष कार्यक्रम सम्पन्न : सांस्कृतिक संस्थान


३ असोज २०८२, काठमाडौँ । 
सांस्कृतिक संस्थानद्वारा आफ्नो प्रमुख अभिभारा बमोजिम संविधान दिवस (राष्ट्रिय दिवस) विशेष कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ । मिति २०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदहरूको सम्झनामा नेपाल सरकारको निर्णय बमोजिम मिति २०८२ असोज १ गते शोक दिवस मनाइएको, देश यतिबेला शोकको घडी र संकटको घडीमा गुज्रिरहेकाले हर्षोल्लासका साथ संविधान दिवस मनाउनु पर्ने तर सो अवस्था नरहेकाले यस विषम परिस्थितिमा सामान्य ढंगले संस्थानले कार्यक्रम आयोजना गरेको हो ।

IMG_0356.JPG

IMG_0357.JPG

IMG_0354.JPG

संस्थानको आ.व.२०८२/८३ नीति तथा कार्यक्रम अन्तर्गत समावेश समेत गरिएको संविधान दिवस विशेष कार्यक्रमलाई देशको परिस्थिति बमोजिम सहिदहरूको सम्झनामा मौन धारण, दीप प्रज्वलन, संविधानको महत्त्व विशेष बहस र संस्थानले तयार पारेको संविधान विशेष गीत हाम्रो संविधान विशेष गीत समेत सार्वजनिक गरिएको थियो ।

IMG_0394.JPG 

IMG_0379.JPG

IMG_0372.JPG

सो कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले विशेष मन्तव्य राख्नुहुँदै “जनताको ठूलो त्याग र बलिदानले प्राप्त संविधान जारी भएको दिनको सम्झनामा मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवसको गरिमा बारे चिन्तनमनन गर्नुपर्ने बताउनु भयो । वि.सं.२०७२ मा जारी भएको संविधान आज दश वर्ष पुरा गरेको छ । दशक मनाइ रहँदा संविधानको मूलमर्म बमोजिम व्यवस्था अगाडि बढ्यो त ? के संविधान जनापेक्षा बमोजिम कार्यान्वयन भयो त ? के संविधानमा सम्पूर्ण जनहित र देशको दीर्घकालीन हितको पक्ष समावेश भएको छ त ? के समयानुकूल संविधान संशोधन बारे हामीले बहस गर्यौं त ? यसबारे गम्भीर रूपमा समीक्षा गर्दै देश यतिबेला संकटको भुमरीमा पौडिरहेको बेला निकास दिनुपर्ने धारणा राख्नुभयो । सार्वभौम सत्ता सम्पन्न संविधानको रक्षा गर्दै संविधान कार्यान्वयन पक्षमा भएका गल्तीहरूको बडो गम्भीर ढंगले बहस गर्ने बेला आएकाले यसबारे राज्यका निकायले प्रमुख भूमिका निभाउनु पर्ने अत्यावश्यक छ । महान् व्यक्तित्व लेनीनले भन्नुभएको थियो कि कार्यनीति २४ घण्टामा बदलिन सक्छ । आज नेपालमा त्यही भएको छ । बदलिएको कार्यनीतिको अस्तित्वलाई स्वीकार्दै संविधानलाई कार्यान्वयन गर्न, समयानुकूल संशोधन गर्न अपरिहार्यता रहेको छ । अब जो जसले जहाँ–जहाँ गल्ती गरेको छ, त्यहाँ–त्यहाँ त्यही व्यक्तिले सच्याउने, सच्चिने कि सक्किने भन्ने अन्तिम शर्त अगाडि आएको तर्क गर्नुहुँदै परिवर्तनलाई कसैले रोक्न नसक्ने बताउनु भयो । युवा पुस्ताको जोश, जाँगर, श्रम, सीपलाई प्रविधिसँगै सही रूपमा सदुपयोग गरी समृद्ध राष्ट्र निर्माणमा लाग्नु नै अन्तिम शर्त रहेको बताउँदै कि गर्ने कि मर्ने भन्ने सिद्धान्त बोकेर आएको वर्तमान नेतृत्वले संस्थानको विकृति, बेथिति र भ्रष्टाचारलाई जरैदेखि निर्मूलन पार्ने प्रण गरी सुशासन स्थापना गर्दा ६९.४७ प्रतिशत आयमा वृद्धि भई देखिएको परिवर्तन र जेन जी पुस्ताको माग शत प्रतिशत ऐक्यबद्ध हुने भएकाले हाम्रो तालुक मन्त्रालयबाट सबैभन्दा पहिले चाहे एक तहको कर्मचारी किन नहोस् सम्पूर्ण कर्मचारी र नेतृत्वको संस्थान स्थापना भएदेखि हालसम्म अर्थात् वि.सं.२०२९ सालदेखि हालसम्मको यथाशीघ्र छानबिन कार्य संस्थानबाट थाल्नुपर्ने माग गर्नुभयो । सुशासनका लागि प्राणको दाउमा लाउन प्रतिबद्ध यो प्राणीलाई चाहे पूर्वनेतृत्व, चाहे पूर्वकर्मचारी, चाहे वर्तमान कर्मचारीदेखि सञ्चालक समिति वा जोसुकै विकृत मनस्थितिका व्यक्ति होस्, जसले मलाई विचलित पार्न खोज्छ, उसलाई अब विगत जस्तै माफी दिँदै हिँड्ने समय नभएकाले अन्तिम मौका कि सच्चिने कि सक्किने तर्फ तयार रहन समेत आह्वान गर्नुभयो । साथै संविधान मूल कानून भएकाले सोही बमोजिम बनेका हरेक कानून र संस्थानको विनियमावली शत प्रतिशत पालना गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले आज यो विशेष दिनमा म प्रण गर्छु कि भ्रष्टाचारमुक्त संस्थान, संस्थानको हित र कर्मचारीको वृत्तिविकासका लागि अझै सशक्त भएर काम गर्छु, तपाईंहरू सबैले पनि सत्कर्म गर्ने प्रण गर्नुपर्ने बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मर्म अनुरूप बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सारा नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने प्रमुख माध्यम संविधान भएकाले संविधानको रक्षा गर्दै भ्रष्ट संस्कृतिलाई निर्मूलन गरी दिगो शान्ति, आत्मनिर्भरता, प्रविधिमैत्री युवा रोजगार,  सामाजिक न्याय र समृद्धिको मार्ग निर्माण संस्था प्रतिबद्ध हुनुपर्ने तर्फ जोड दिनुभयो । संविधान नरहे राष्ट्र रहन्न, राष्ट्र नै नरहे हामी रहन्नौं । तसर्थ बरु संविधानलाई समयको मागसँगै संशोधन गरी शत प्रतिशत कार्यान्वयन तर्फ लैजानुपर्ने समेत बताउनु भयो ।”

IMG_0349.JPG

IMG_0351.JPG

IMG_0350.JPG

कार्यक्रममा संस्थानका अध्यक्ष चन्द्र कुमार राई हतुवालीज्यूले मन्तव्य राख्नुहुँदै संविधानलाई बचाउनु पर्ने, दशकमा पुगेकाले संविधानको पुनरावलोकन गर्नुपर्ने, संस्थानका सम्बद्ध सबै जिम्मेवारी प्रति कर्तव्यनिष्ठ हुनुपर्ने बताउनु भयो । कार्यक्रम सञ्चालन संस्थानका कलाकार सेवाका कर्मचारी श्री रोहित सुवेदीज्यूले गर्नुभएको थियो । 

IMG_0385.JPG

IMG_0383.JPGIMG_0366.JPGIMG_0360.JPGIMG_0362.JPGIMG_0365.JPGIMG_0353.JPGIMG_0352.JPGIMG_0347.JPGIMG_0358.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij