संविधान दिवस (राष्ट्रिय दिवस) विशेष गीत “हाम्रो संविधान” सार्वजनिकः सांस्कृतिक संस्थान

संविधान दिवस (राष्ट्रिय दिवस) विशेष गीत “हाम्रो संविधान” सार्वजनिकः सांस्कृतिक संस्थान


 

संविधान दिवस (राष्ट्रिय दिवस) विशेष गीत “हाम्रो संविधान” सार्वजनिकः सांस्कृतिक संस्थान

२ असोज २०८२, काठमाडौँ । 
सांस्कृतिक संस्थानले संविधान दिवस (राष्ट्रिय दिवस) विशेष “हाम्रो संविधान” बोलको गीतको श्रव्य सामग्री सार्वजनिक गरेको छ । संविधान नरहे राष्ट्र रहन्न, राष्ट्र नरहे हामी रहन्नौं । तसर्र्थ संविधानको रक्षा गर्दै संविधानलाई समयानुकूल संशोधन तथा सुदृढीकरण गर्नुपर्छ भन्ने भावना सम्प्रेषण गर्नका लागि संविधान दिवस विशेष गीत निर्माण गरिएको हो । उक्त गीतको रचना/सङ्गीत संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले गर्नुभएको हो । त्यस्तै, सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली, गायकः श्री तिर्थराज पोख्रेल, श्री दिपेन्द्र बज्राचार्य, श्री विपिन घिमिरे, गायिकाः श्री शिला विष्ट र श्री राधिका भण्डारी, वाद्यवादक: श्री दुर्गा प्रसाद खतिवडा, श्री नरेश प्रजापति, श्री धर्म गन्धर्भ, श्री अनुप दास, श्री सागर ल्वागन, श्री हरि भुषाल, लिरिकल भिडियो निर्देशनः हरि पुन मगर, डिजाइन तथा सम्पादनः श्री मनिष कार्कीको रहेको छ भने गीतलाई संस्थानको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

नेपाली संस्कृतिलाई सजीव कलाको माध्यमबाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम नेपालको पहिचानयुक्त सबै प्रकारका गीतहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्री प्रकाशन गर्दै आएको छ । पछिल्लो समय संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्य प्रकृति अनुसार अपरिहार्य आफ्नै रेकर्डिङ स्टुडियो निर्माण गरी अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

गीतको लिरिकल भिडियोः

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij