New Journey Of Sanskritik Sansthan with Digital system

New Journey Of Sanskritik Sansthan with Digital system


 

डिजिटल प्रविधिसँगै  सांस्कृतिक संस्थानको नयाँ शिराबाट यात्रा


४ असोज २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम सजीव कलाको प्रदर्शनी सम्बन्धी क्रियाकलापलाई डिजिटल प्रविधिसँगै नयाँ शिराबाट प्रकाशन गर्ने प्रणाली थालनी गरेको छ । संस्थानको आधिकारिक डिजिटल प्लेटफँम एकाउन्ट निर्माण गरी विश्वभरीबाट श्रव्यदृश्य सामग्रीलाई सजिलैसँग सुन्न तथा हेर्न सकिने व्यवस्था गरिएको छ । संस्थानको डिजिटल प्लेटफँम एकाउन्ट निर्माण भएसँगै अब विश्वभरीका streaming platforms and stores हरू जस्तैः Spotify, Apple Music, Tidal, Deezer, Claro Música, Amazon Music, Audiomack, Boomplay, KKBox, Peloton, Pandora, iHeart Radio, Tencent, Rythm, FLO, Snapchat, Soundtrack Your Brand, Shazam, NetEase Cloud Music, MassiveMusic, JioSaavn, YouTube Music, Soundcloud, Anghami, Nuuday, YouTube Content ID, Instagram, Facebook, WhatsApp, TikTok लगायतका विश्वभरीका सम्पूर्ण प्लेटफँम स्टोरहरू मार्फत संस्थानका श्रव्यदृश्य सामग्रीहरू विश्वको जुनसुकै कुनासम्म छरिएर रहनुभएका दर्शकश्रोता माझ सजिलैसँग पुग्नेछन् । 

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नेतृत्व सम्हालेसँगै संस्थानले नयाँ शिराबाट गति लिएको हो । मिति २०८१ माघ ८ गतेका दिनबाट निकायगत ढंगले अपरिहार्य रेकर्डिङ स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइएकाले संस्थानका कलाकारद्वारा सजिलैसँग श्रव्यदृश्य सामग्री उत्पादन गर्नसक्ने वातावरण निर्माण भएकाले डिजिटल प्रविधिसँगै क्रियाकलाप सम्पन्न गर्ने मार्ग खुलेको हो । त्यसैगरी निकायगत ढंगले अपरिहार्य युटुव च्यानललाई मनिटाइज गरी श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने मार्ग प्रशस्त गरिएको छ । डिजिटल युगसँगै वैश्वीकरणको प्रभावलाई गम्भीर ढंगले अध्ययन गरी प्रविधिसँगै नेपालको पहिचानयुक्त संस्कृतिलाई सजीव कलाको माध्यमबाट चलायमान गराई संस्कृति संरक्षण सहित डिजिटल उत्पादनलाई जोड दिइएकाले यसबाट संस्थानको आयस्रोत वृद्धि र आत्मनिर्भरतामा जोड पुग्ने विश्वास लिइएको छ । त्यसोत संस्थानले पछिल्लो समय सम्पूर्ण सेवा प्रवाहलाई डिजिटल प्रणालीसँगै अगाडि बढाएको छ । जस्तैः डिजिटल हल बुकिङ, डिजिटल टिकट प्रणाली, डिजिटल कलाकार प्रमाणीकरण आदि । 

 

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij