राष्ट्रिय व्यक्तित्व स्व.अरूण थापाको “२६ औं स्मृति दिवस”

राष्ट्रिय व्यक्तित्व स्व.अरूण थापाको “२६ औं स्मृति दिवस”


२६ औं अरुण स्मृति दिवस:

राष्ट्रिय व्यक्तित्व स्व.अरूण थापाको “२६ औं स्मृति दिवस” श्रद्धार्पणका साथ नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र सांस्कृतिक संस्थानको विशेष प्रस्तुतिसँगै संस्थानको मिनी हलमा मनाइएको हो । नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरज्यूको सभाध्यक्षता, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आतिथ्यता, नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष श्री गंगा बहादुर थापा मगर ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा मगरज्यूको विशिष्ट आतिथ्यता, नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्षज्यूहरू, उपमहासचिवज्यूहरू, मगर संघका विभिन्न भातृ संस्थाका प्रमुखज्यूहरू, नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष श्री दिपसार थापा मगर ज्यू, अन्य संस्थाका प्रमुखहरू, रासस प्रतिनिधि नारायण ढुंगाना ज्यू, अरूण स्मृति प्रतिष्ठानका अध्यक्ष श्री सन्दन थापा मगर ज्यू लगायतको आतिथ्यता रहेको थियो । सांस्कृतिक संस्थानका कलाकारद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्व.अरूण थापाप्रति समर्पित गीति नाटक ऋतुहरूमा तिमी सहित उहाँद्वारा स्वरबद्ध कालजयी गीतहरू प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो । सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ विभिन्न व्यक्तित्वहरूको स्मृति दिवस विशेष कार्यक्रम सांस्कृतिक संस्थानले आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा समेटेकाले सोही अन्तर्गत स्व.अरूण थापा स्मृति दिवस समावेश गरिएको थियो । स्व.अरूण थापाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम सुरुवात गरिएको थियो । सो स्मृति दिवस कार्यक्रममा स्व.अरूण थापाप्रति समर्पित गीति नाटकः ऋतुहरूमा तिमी – (निर्देशनः रामभजन कामत, संयोजकः सवनम सिलवाल, संवादः दिपक आलोक, प्रत्यक्ष गायन : विपिन घिमिरे, रचनाः राजेन्द्र रिजाल, संगीतः राम थापा ), डकुमेन्ट्री (स्व.अरूण थापाज्यूप्रति समर्पित) प्रस्तुत, चोट के हो – गायन प्रस्तुति (प्रत्यक्ष गायनः शिला विष्ट, रचनाः शुभाषचन्द्र ढुंगेल, संगीतः अरूण थापा), तिमी हेर्छौ भने – गायन प्रस्तुति (प्रत्यक्ष गायनः टिका मगर, रचनाः दिपक बुढाथोकी, संगीतः अरूण थापा), जति माया लाए पनि – गायन प्रस्तुति (प्रत्यक्ष गायनः राधिका भण्डारी, रचनाः विनोद गौचन, संगीतः अरूण थापा), आँखाको नीद – गायन प्रस्तुति (प्रत्यक्ष गायनः तिर्थ राज पोख्रेल, रचनाः विक्रम गुरुङ, संगीतः अरूण थापा), भुलुँ भुलुँ लाग्यो मलाई – गायन प्रस्तुति (प्रत्यक्ष गायनः गायत्री राना मगर, रचना/संगीतः विक्रम गुरूङ), साँझको जूनसँगै – गायन प्रस्तुति (प्रत्यक्ष गायनः दिपेन्द्र बज्राचार्य, रचनाः किशोर गुरुङ, संगीतः अरूण थापा) प्रस्तुत गरिएको थियो । नरसिंलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, सितामैया राजचल, नरेश प्रजापति, लोकराज राई, सुक्रिमाया मोक्तान र गेम थापाले वादनमा साथ दिनुभएको थियो । कार्यक्रमको संयोजन सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक रेखा कुमारी कटुवालले गर्नुभएको थियो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij