सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” वर्ष २, अङ्क २ तयारी थालनी

सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” वर्ष २, अङ्क २ तयारी थालनी


 

सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” वर्ष २, अङ्क २ तयारी थालनी


१ पुस २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानले आफ्नो गौरवमय “५३ औं वार्षिकोत्सव समारोह, २०८२” मार्फत सजीव कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा दस्तावेजीकरणका लागि ISSN मान्यता प्राप्त वर्ष १, अङ्क १, असार २०८२, “संस्कृति अध्ययन” नामक प्रदर्शनीयुक्त कला विषयक अनुसन्धनात्मक वार्षिक जर्नल पहिलोपटक प्रकाशनमा ल्याएको थियो । 

IMG-20251216-WA0005.jpg

सो जर्नलको वर्ष २, अङ्ग २, २०८३ को लागि सम्पादन तर्फको जिम्मेवारी संस्कृतिविद् द्वय भोगीराज चाम्लिङ ज्यू र गुरुङ सुशान्तज्यूलाई प्रदान गरिएको छ । विज्ञ समिक्षित सहितको उक्त जर्नलमा नेपालको प्रदर्शनीयुक्त मौलिक लोकसंस्कृतिलाई केन्द्रविन्दूमा राखेर  विभिन्न विद्वानहरूका शोधलेख समेटिने छ । 

IMG-20251216-WA0007.jpg

नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुकूल जर्नल त्रिभाषिक हुनेछ । जहाँ नेपालको सम्पर्क भाषा खस–नेपाली, नेपाली मातृभाषाहरू र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अङ्ग्रेजीमा लेखिएका शोध सामग्री समावेश गरिनेछ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकताको सन्देश प्रवाह हुने गरी प्रदर्शनीयुक्त कलालाई प्राथमिकता दिई लेख समावेश गरिनेछ ।

IMG-20251216-WA0007.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij