''सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ '' आयोजना गरिनेः सांस्कृतिक संस्थान

''सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ '' आयोजना गरिनेः सांस्कृतिक संस्थान


 

''सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३'' आयोजना गरिनेः सांस्कृतिक संस्थान


३१ वैशाख २०८३ काठमाडौँ ।
नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” आयोजना गर्ने भएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गर्ने भएको हो ।

dohori.png

संस्थानले देशैभरीका प्रतिभालाई समेट्ने गरी कार्यक्रमको गुणस्तरीयतालाई कायम राख्न निश्चित मापदण्डहरू सहित इच्छुक कलाकारहरूलाई मिति २०८३ जेठ १५ गतेभित्र आवेदन दिनका लागि अनुरोध गरेको छ । 

nimantrana new.jpg milan lama.jpg


कार्यक्रममा निर्णायक श्री दुर्गा रायमाझी, श्री चन्द्र शर्मा, श्री राधिका हमाल, श्री सीता थापा, श्री कृष्ण रेउले, श्री दिपक खड्का र श्री सुवास केसी रहनु हुनेछ भने उद्घोषण श्री बद्री पंगेनी र श्री मञ्जु पौडेलको रहनेछ । त्यस्ते विशेष प्रस्तुति श्री राजु परियार, मिलन लामा, श्री राजु ढकाल र श्री देवी घर्तीको रहनेछ भने कार्यक्रम समुद्घाटन समारोहमा प्रमुख अतिथि श्री नारायण रायमाझी रहनु हुनेछ । 

वि.सं.२०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन भएको हो । यसरी राष्ट्रिय नाचघरदेखि हेर्दा ६७ वर्षीय सांस्कृतिक विरासत बोकेको संस्थानदेखि हेर्दा ५४ वर्षीय सांस्कृतिक विरासत बोकेको संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा संवत् २०८३ साल असार ३ र ४ गते संस्थानको मेगा हलमा सञ्चालन गरी असार ५ गते वार्षिकोत्सवका दिन समापन गर्ने गरी कार्यक्रम आयोजना गर्ने तय गरिएको हो । वार्षिकोत्सवको दिन नेपाल सरकारको तर्फबाट पाल्नुहुने प्रमुख अतिथिको हातबाट पुरस्कार वितरण गरिने संस्थानले जानकारी दिएको छ । ऐतिहासिक सांस्कृतिक विरासत बोकेको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले महाप्रबन्धक श्री किरण बाबु पुनले नेतृत्वले सम्हालेसँगै नयाँ शिराबाट उत्कृष्ट कार्यसम्पादन गर्दै आएको छ । गत वर्ष देशैभरीका सामाजिक क्षेत्रका सार्वजनिक निकायहरू मध्ये सांस्कृतिक संस्थानले मात्र ६९.४७ प्रतिशत आयमा वृद्धि गर्न सफल भई ऐतिहासिक गरिमा कायम राखेको भने यस वर्ष नेपाल सरकार अर्थ मन्त्रालयको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८३’ प्रतिवेदन अनुसार सांस्कृतिक संस्थानको इतिहासमै पहिलोपटक २९ (रु.लाखमा) खुद नाफा हुन गई संस्थानले गौरवमय इतिहास बनाउन सफल भएको छ ।

प्रतियोगिताका मापदण्डहरूः–
१.कुनैपनि प्रतियोगितामा प्रथम वा द्धितिय वा तृतीय स्थान हासिल गरेको प्रमाण पत्र प्रदान गरिएका प्रतियोगीले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन् । 

२.एउटा समूहमा १ जना पुरुष कलाकार र १ जना महिला कलाकार हुनु पर्नेछ । सहयोगी कलाकारको व्यवस्था आयोजकले गर्नेछ ।

३.प्रतियोगीले नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि सहित २/२ प्रति पासफोर्ट साइजको फोटो आवेदन फारामको साथमा पेश गर्नु पर्नेछ ।

४.प्रतियोगीले सांस्कृतिक संस्थानले उपलब्ध गराएको नयाँ भाकामा दोहोरी गीत प्रस्तुत गर्नु पर्नेछ । 

५.प्रतियोगीले जेठ १५ गते साँझ ५ बजेसम्म सांस्कृतिक संस्थानको कार्यालय जमल काठमाडौँमा वा संस्थानको आधिकारिक वेबसाइट www.sanskritiksansthan.gov.np लगइन गरी अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

६.प्रतियोगीले आवेदन फारामको साथमा सांस्कृतिक संस्थानको नाममा रहेको एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर (१०२००१०५२०००१३) मा आवेदन शुल्क रु.१,०००/– (अक्षरेपि एक हजार) भुक्तानी गरिएको भौचर आवेदन फारामको साथ पेश गर्नु पर्नेछ ।

७. पुरस्कार सम्बन्धी व्यवस्थाः
क) विजेताः रु.२,००,०००/– (अक्षरेपि दुई लाख) 
ख) उपविजेताः रु.१,००,०००/– (अक्षरेपि एक लाख)
ग) सर्वोत्कृष्ट गायकः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
घ) सर्वोत्कृष्ट गायिकाः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
ङ) सर्वोत्कृष्ट भेषूषा तथा आभूषणः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
च) सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण रु.२५,०००/–(अक्षरेपि पच्चीस हजार)

साथमा, प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिनेछ । साथै सांस्कृतिक संस्थानको सर्वाधिकार रहनेगरी संस्थानकै रेकर्डिङ स्टुडियोमा विजेता तथा उपविजेतालाई १/१ वटा लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने व्यवस्था, विजेता, उपविजेता तथा सर्वोत्कृष्ट विधाका कलाकारहरूलाई संस्थानको ६ महिने कला प्रशिक्षण अन्तर्गत गायन विधामा सहभागी हुने अवसर प्रदान गरिनेछ ।  

मितिः २०८३ साल असार ३, ४ र ५ गते । 
समयः हरेक दिन बिहान १० बजे । 
स्थानः सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मेगा हल, जमल, काठमाडौँ ।
आयोजकः सांस्कृतिक संस्थान ।

सम्पर्कको लागि
सांस्कृतिक संस्थान, जमल, काठमाडौँ ।
मोवाइलः ९८५१०८४५०१, ९८६२१२०३८४
फोनः ०१–५३२११९४ 
इमेलः sanskritiksansthan@nepal.gov.np

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij