७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न


  

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न


१५ जेठ २०८३ काठमाडौँ । 
हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झना स्वरूप यो दिवस मनाउने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान, गौरव, साहस, शक्ति र एकताको प्रतीक हो । नेपालको दिगो पर्यटनका लागि सगरमाथा विश्वकै अमूल्य सम्पदाको रूपमा परिचित छ । पर्वतारोहणको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने साहसी व्यक्तिहरू प्रति सम्मान प्रकट गर्ने तथा नयाँ पुस्तालाई सगरमाथाको गरिमा बारे नवजागरण प्रवाह गर्ने अवसरका रूपमा सगरमाथा दिवसलाई मनाइन्छ । नेपाल सरकारले २००८ देखि औपचारिक रूपमा सगरमाथा दिवस मनाउन थालनी गरेको हो । यस अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विगतदेखि नै विविध कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाउने गर्दछ । यसवर्ष पनि “विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने मूल भावका साथ प्रभातफेरी कार्यक्रमसहित सांस्कृतिक संस्थानको मेगा हल, जमलमा माननीय मन्त्री श्री खडक राज पौडेल (गनेस) ज्यूको समुपस्थितिमा ७३ औं सगरमाथा दिवस विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

Sagarmatha-day_-1204-1780026144.jpg

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस) ज्यूको अध्यक्षताको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल आयोजक समारोह समितिले बिहान ६ः३० बजे प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरी कार्यक्रममा कर्मचारी सञ्चयकोषको कार्यालय ठमेलदेखि सांस्कृतिक संस्थान जमलसम्म विविध झाँकी सहितको पदयात्रा गरी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्त्रालयका कर्मचारीहरू, मन्त्रालय अन्तरनिकायका कर्मचारीहरू तथा पर्यटन सम्बन्धी निकायका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई माननीय मन्त्री श्री खडक राज पौडेल (गनेस) ज्यूले विशेष सम्बोधन गर्नुहुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपाल र नेपालीको पहिचान विश्वसामु उजागर गरेकाले यसको गरिमा थप विस्तार गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपस्थित सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दै ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारद्वारा मौलिक प्रस्तुति प्रदर्शन गरिएको थियो । साथै, पर्यटन विभागका महानिर्देशक श्री रामकृष्ण लामिछानेज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सभाध्यक्ष मन्त्रालयका श्रीमान् सचिव श्री मुकुन्द प्रसाद निरौलाज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

PXL_20260529_015955171.jpg

PXL_20260529_020007102.jpg

तस्बिर स्रोेतः रातोपाटी डटकम, सिधा कुरा डटकम, शिलापत्र डटकम र सांस्कृतिक संस्थान

Sagarmatha-day_-1205-1780027440.jpgsagarmatha-(3)_m7wmmLTXLF.jpg

Sagarmatha-day_-1201-1780027424.jpgsagarmatha-(13)_JKTUQS2cbs.jpgsagarmatha-(11)_J4LoHdfZCs.jpgsagarmatha-(21)_K9jLK4WDop.jpgsagarmatha-(15)_gd1HY6h8yQ.jpgPXL_20260529_015955171.jpg

सांस्कृतिक संस्थानको सगरमाथा दिवस विशेष शुभकामना सन्देश:

Sagarmatha Dibas 2083.pdf :To download file click here

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij