चीनियाँ नयाँ बर्ष सांस्कृतिक फेस्टिवल इस २०२४

चीनियाँ नयाँ बर्ष सांस्कृतिक फेस्टिवल इस २०२४


चिनियाँ नयाँ वर्ष सांस्कृतिक फेस्टिभल २०२४ सम्पन्न

२०८१ माघ २७ गते चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा सांस्कृतिक संस्थानको विशेष सहकार्यमा "संस्कृति आदानप्रदान कार्यक्रम" आयोजना गरिएको थियो। यस कार्यक्रमको उद्देश्य दुई देशका बीच सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ र मैत्रीपूर्ण बनाउनु थियो।

कार्यक्रममा सांस्कृतिक संस्थानको तर्फबाट राष्ट्रको पहिचान झल्काउने मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। यस अवसरमा नेपाली कला र संस्कृतिको समृद्ध र विविधतापूर्ण पहिचानलाई चिनियाँ समुदायसँग साझा गरिएको थियो।

सांस्कृतिक संस्थानले कला र संस्कृतिको आदानप्रदानमा आफ्ना योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, आगामी दिनहरूमा पनि द्विपक्षीय सांस्कृतिक सम्बन्धलाई प्रबर्द्धन गर्ने कार्यमा सक्रिय रहनेछ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित यस सांस्कृतिक उत्सवले दुई राष्ट्रहरूको मित्रता र सांस्कृतिक एकताको प्रतीकका रूपमा कार्य गरिरहेको छ।

"संस्कृति आदानप्रदान कार्यक्रम"मा संस्थानको तर्फबाट राष्ट्रको पहिचान झल्किने मौलिक सांस्कृतिक प्रस्तुतिका  केही झलकहरु:

WhatsApp Image 2024-02-27 at 11.57.08.jpeg

WhatsApp Image 2024-02-27 at 11.57.06 (1).jpeg

WhatsApp Image 2024-02-27 at 11.54.59.jpeg

WhatsApp Image 2024-02-27 at 11.57.05.jpeg

WhatsApp Image 2024-02-27 at 11.57.04.jpeg

sss.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij