गीति नाटक मुनामदनसँग सम्बद्ध सिर्जनशील राष्ट्रिय व्यक्तित्वलाई शिष्टाचार सम्मान : सांस्कृतिक संस्थान

गीति नाटक मुनामदनसँग सम्बद्ध सिर्जनशील राष्ट्रिय व्यक्तित्वलाई शिष्टाचार सम्मान : सांस्कृतिक संस्थान

Samman Muna Madan


गीति नाटक मुनामदनसँग सम्बद्ध सिर्जनशील राष्ट्रिय व्यक्तित्वलाई शिष्टाचार सम्मान : सांस्कृतिक संस्थान 

नेपाल सरकारको सजीव संस्कृति प्रदर्शन सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोग आयोजित “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत वर्षौंपछि समुद्घाटन गरिएको महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्यमा आधारित ऐतिहासिक गीति नाटक मुनामदन उत्पत्ति हुनुमा सिर्जनशील कला मार्फत पहिलोपटक अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूलाई सो कार्यक्रममा संस्थानले शिष्टाचारको सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत लोकप्रिय खण्डकाव्य “मुनामदन” लाई गीति नाटकको रूपमा संस्थानद्वारा वि.स.२०३२ साल असार ५ गते पहिलोपटक मञ्चन तथा प्रदर्शन गरिएको थियो । गीति नाटक मुना मदनलाई उत्पादनमा सिर्जनशील कला मार्फत अतुलनीय भूमिका निर्वाह गर्ने तत्कालीन संस्थानका महाप्रबन्धक तथा कर्मचारीहरूको विवरण यसप्रकार छ :– 
गीति नाटक : मुनामदन 
लेखक : महाकवि लक्ष्मीप्रसाद देवकोटा ।
सङ्गीत : नेपाल कलाभूषण चन्द्रराज शर्मा ।
संगीत संयोजक तथा स्वरलिपि प्रबन्धक : मोहन कृष्ण कार्की ढली ।
गायन : स्वरसम्राट नारायण गोपाल, तारादेवी, गणेश रसिक, कमला श्रेष्ठ, मणिक रत्न, इन्द्रनारायण मानन्धर, कमल क्षेत्री, नविन किशोर राई, भुवन चन्द थापा आदि ।
वादन : विश्वनाथ कार्की ढली, प्रेमदेव गिरी, मोहन कृष्ण कार्की ढली, राजभक्त, मदन परियार, नारायणदाश कार्की ढली, विजय सुनाम, शिव शरण दर्नाल, श्याम कुमार शाही समुदा, राम प्रसाद वैजु, कमल कार्की ढली, एकराज राई, होमनाथ उपाध्याय, कृष्ण परियार, धिर्ज लाल कुलु, न्हुछेमान डंगोल, अर्जुन श्रेष्ठ, रामशरण नेपाली, लालबहादुर आदि ।
पहिलो निर्देशन : गोविन्द प्रसाद तिमिल्सिना ।
पहिलो गीति नाट्य कोरियोग्राफर : कोकिल गुरुङ ।

पहिलोपटक अभिनय गर्ने संस्थानका कलाकारहरू : विमला श्रेष्ठ, कोकिल गुरुङ, श्याम प्रजापति, वसुन्धरा भुसाल, कृष्णा प्रधान, सुभद्रा अधिकारी, पुष्पलता तिखत्री, नारायण कृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, आशा रजपूत, टेकराज भारती, वेदकुमार, रामबहादुर, अर्जुन गुरुङ, गोपाल बस्नेत, भरतराज, दिलबहादुर, बालकलाकार :मोहन गुरुङ र कुमारी शान्ता आदि ।
आभूषण तथा मेकअप डिजाइनर : श्री कृष्ण रत्न कंसाकार ।
प्राविधिकहरू : बसन्त केशर,शिव प्रसाद, श्याम मानन्धर, जगत बहादुर ।


उल्लेखित व्यक्तित्वहरू सम्पूर्णलाई सम्मान गर्ने प्रयास गरिएको छ । शुभारम्भ सांस्कृतिक साँझ २०८२ मार्फत प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट उपस्थित सिर्जनशील कलाबाट योगदान दिने व्यक्तित्व तथा मृत्युवरण गरिसक्नु भएकाहरूको परिवारजनलाई सम्मान गरिएको थियो । सम्पूर्ण व्यक्तित्वहरूलाई सम्पर्कमा ल्याउन नसकिएकाले सम्पर्कमा ल्याई सम्मान गर्ने समेत बताइएको छ । 

IMG_4601.jpeg
महाकवि लक्ष्मीप्रसाद देवकोटा नै गीति नाटक मुनामदनको प्रमुख श्रेयस्कर भएकाले उहाँको परिवारजनलाई नगद रु.२५,०००/– (रुपैयाँ पच्चीस हजार) सहित शिष्टाचारको सम्मान गरिएको छ भने पहिलो पटक मुनाको भूमिका निर्वाह गर्ने श्री विमला श्रेष्ठ ज्यू, पहिलो पटक मदनको भूमिका निर्वाह गर्ने कोकिल गुरुङज्यूको परिवारजन, गायिका तारादेवीज्यूको परिवारजन, गायिका श्री भुवन थापा चन्द ज्यू लगायतलाई शिष्टाचारको सम्मान पत्रद्वारा सम्मान गरिएको छ । सिर्जनशील कला मार्फत राष्ट्रको अस्तित्व संस्कृतिको रक्षार्थ अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरुलाई शिष्टाचारको सम्मान गर्ने प्रणालीको विकास गर्न यो सम्मानलाई जोड दिइएको कुरा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले जानकारी दिनुभयो । 

IMG_0211.jpg

IMG_0218.jpg

IMG_0209.jpg

IMG_0204.jpg

IMG_0221.jpg

IMG_0224.jpg

महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारजनलाई गरिएको सम्मान पत्रमा उल्लेखित व्यहोरा :

सम्मान पत्र

महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत लोकप्रिय खण्डकाव्य “मुनामदन” जस्तो अमर कृतिमा गीति नाटक मञ्चन तथा प्रदर्शन गर्न पाउँदा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) परिवार धन्य भएका छौँ । महाकविज्यूले वि.सं.१९९२ सालमा मुनामदन मार्फत सिर्जनशील कलाको अद्भुत क्षमताबाट राष्ट्रप्रति गहिरो चिन्तन गरी नेपालको दीर्घकालीन परिवेशलाई चित्रण गर्नुभएको पाइन्छ । महाकविज्यू र मुुनामदनलाई प्रशंसा गर्नयुक्त सायद नेपाली शब्दकोशमा त्यस्तो शब्द नहोला । वर्तमान नेपालको चित्रण, नेपाली समाजमा आवश्यकता समानता र समाजवादी दृष्टिकोणको प्रतिविम्ब महाकविज्यूले सोही समयमा आफ्नो दूरदर्शीताबाट प्रकट गर्नुभएको छ । वि.सं.२०३२ साल असार ५ गते संस्थानको वार्षिकोत्सवको अवसरमा पहिलोपटक मञ्चन तथा प्रदर्शन गरिएको गीति नाटक मुनामदन ६/७ महिनासम्म लगातार प्रदर्शन भई रजत जयन्तीसम्म मनाउन सफल राष्ट्रिय नाचघर घरदेखि सांस्कृतिक संस्थानको इतिहासमा कालजयी गीति नाटकको रूपमा स्थापित हुनुमा प्रमुख श्रेयस्कर अमर राष्ट्रिय व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूलाई नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको तर्फबाट उच्च सम्मानकासाथ महाकविज्यूलाई नेपथ्यबाट साथ दिनुहुने उहाँको महान् परिवारजनलाई नगद रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार) सहित “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” श्लोकनकासाथ सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचपत्र तथा पञ्जीकरण विभागको सहकार्य र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा आयोजित कार्यक्रम “शुभारम्भ सांस्कृतिक साँझ २०८१” मार्फत यो शिष्टाचारको सम्मान पत्र प्रदान गरिएको छ । 


राष्ट्रको अस्तित्वसँग जोडिएको संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि यहाँहरूको यात्रा अक्षुण्ण लम्किरहोस् भन्ने शुभेक्षा प्रकट गर्दै सदा सुखमय, समृद्धमय एवम् प्रगतिमय जीवनको कामना छ ।

माननीय श्री बद्री प्रसाद पाण्डे
प्रमुख अतिथि : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री 

                                     
       किरण बाबु पुन
महाप्रबन्धक : सांस्कृतिक संस्थान

  चन्द्र कुमार राई हतुवाली
अध्यक्ष : सांस्कृतिक संस्थान 

                     

गीति नाटक मुनामदन सांस्कृतिक संस्थान (नेपाल सरकार) को पूर्ण स्वामित्व एवम् संस्थानकै पूर्व महाप्रबन्धक तथा कलाकारहरूद्वारा अनिवार्य जिम्मेवारी अनुरूप सिर्जनशील क्रियाकलापद्वारा उत्पादन गरिएकोले यसको सर्वाधिकार प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार सांस्कृतिक संस्थान (नेपाल सरकार) लाई मात्रै रहेकोले यसको दुरुपयोग नगरिदिन अनुरोध गर्दै यदि दुरुपयोग भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत संस्थानले जानकारी गराएको छ । 

वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । सांस्कृतिक संस्थानले स्थापनाकालदेखि नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, समारोह, उत्सव, पर्व तथा विशेष कार्यक्रमहरूमा नेपालको पहिचानयुक्त कार्यक्रमहरू प्रस्तुत गर्दै आएको छ । संस्कृतिलाई सजीव रूपमा प्रदर्शन गरी नवजागरण प्रवाह गर्ने तथा संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । 
कालजयी कृति “गीति नाटक मुनामदन” राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भई रजत जयन्ती मनाउन सफल संस्थानको सबैभन्दा लोकप्रिय, उत्पादनमैत्री एवम् ऐतिहासिक गीति नाटक हो । गीति नाटक मुनामदन वि.सं. २०३२ साल असार ५ गते पहिलोपटक प्रदर्शन भएको र त्यस पश्चात् थुप्रैपटक मञ्चन तथा प्रदर्शन भएतापनि वर्षौंदेखि (झण्डै १५/२० वर्षदेखि) श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन सकेको थिएन तर वर्तमान महाप्रबन्धक किरण बाबु पुनको अथक प्रयासमा श्रव्य सामग्री उत्खनन गरी प्राप्त गर्न सफल भएकाले फेरि एकपटक ऐतिहासिक गीति नाटक मुनामदन मञ्चन गरिएकोले “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने भएको छ । गीति नाटक मुनामदनलाई सात प्रदेशमा प्रदर्शन गर्न सांस्कृतिक संस्थानको कलाकार समूहले यात्रा तय गरिसकेको छ । काठमाडौँ वैशाख १ गते, सोलुखुम्बु सल्लेरी वैशाख ५ गते, जनकपुर वैशाख ७ गते, महेन्द्रनगर वैशाख १० गते, वर्दिया गुलरिया वैशाख १२ गते, सुर्खेत वैशाख १४ गते तथा गण्डकी प्रदेशको मिति र स्थान तय गर्न बाँकी रहेको छ । सात प्रदेशमा प्रदर्शनी पश्चात् सांस्कृतिक संस्थानको मेगा प्रेक्षालयमा नियमित प्रदर्शनी गरिने बताइएको छ ।

हाल प्रदर्शन हुने तयारीमा रहेको गीति नाटक मुनामदनमा आबद्ध संस्थानका कर्मचारीहरू :


हालको निर्देशन : माया थापा 
हाल अभिनय गर्ने संस्थानका कलाकारहरू : रेखा कुमारी कटुवाल श्रेष्ठ, माया थापा, सुशिला थापा, रामभजन कामत, दिपेन्द्र बज्राचार्य, रोहित सुवेदी, नरेश प्रजापति, गीता थापा, विपिन घिमिरे, अक्कल पाख्रिन आदि ।


पात्रहरू विशेष भूमिका :
मुना : सुशिला थापा 
मदन : विपिन घिमिरे 
मदनका साथीहरू : रोहित सुवेदी, नरेश प्रजापति, रामभजन कामत 
आमा : माया थापा
दिदी : रेखा कुमारी कटुवाल श्रेष्ठ
नैनी : गीता थापा
भोटे : दिपेन्द्र बज्राचार्य
भोटेको साथी : अक्कल बहादुर पाख्रिन
भोटेको छोरा : अनमदर्शि बज्राचार्य
भोटेको छोरी : सेलिना श्रेष्ठ

 

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij